आतंकवाद इन्डेक्समा नेपाल


अमेरिकाको यूनिभरसिटी अफ मेरिल्याण्डले अमेरिकी गृहसुरक्षा हेर्ने निकायसंग मिलेर गत ६ वर्ष देखि बिश्व आतंकवाद इन्डेक्स अनि देशहरुको नामांकन र जोखिम पहिल्याउने अध्ययन गरिरहेको छ । यस वर्षमा सन् २०१८ को उर्तरार्धमा आइपुगियो अनि हालसालै प्रकाशित भएको छ यो विश्व आतंकवाद इन्डेक्सको अध्ययन ।
नेपालको पनि अध्ययन गरिएको अनि स्थान तोकिएको यस रिपोर्टका केही खोजहरु अचम्म अनि उदेक लाग्दा पनि छन् ।
शान्ती र त्यसको फाइदालाई मापन गरिएको भनिएको यस रिपोर्ट अहिले विश्वमा बहुतै चर्चामा छ । सन् १९९८ देखि सन् २०१८ सम्मको आतंकवाद, आतंकवादी संगठनहरु अनि मृतकको सख्याँ लगायत अन्य डाटाहरु यस रिपोर्टले समावेश गरेको छ । सन् १९९८ देखि आजसम्म विश्वमा कूल १७० हजार आतंकवादी आक्रमणहरु भएको तथ्याकं देखिन्छ । सन् २०१६ र सन् २०१७ मा भनें अन्य वर्षहरुको तुलनामा आतंकवादी आक्रमण अनि मृत्यूहरु करिब २७ प्रतिशतले घटेको पाइन्छ । सन् २०१७ मा आतंकवादका कारणले १८८१४ जना मानिस मारिएको देखिन्छ । क्रमश अब ईजीप्ट र सोमालियामा आतंकवादको क्रम गत वर्ष १२३ प्रतिशत र यस वर्ष ९३ प्रतिशतले बढेको देखिन्छ ।

अहिले सम्म पनि आतंकवादको हत्या अनि क्षतीमा सर्वाधिक बढि हिस्ससा ईराक, सिरिया अनि अफगानीस्तानको रहेको देखिन्छ जहाँ आइसील अनि आइसीस जस्ता आततायी संगठनहरुको बोलवाला रहेको रिपोर्टले देखाँउदछ । गएका १८ वर्षहरुमा बम आक्रमण अनि बिष्फोटक कुराहरु लगायत बन्दुक आक्रमणको सिलसिला धेरै रहेको देखिन्छ । आन्तरिक द्धन्द लगायत राजनैतिक कारण अनि स्वार्थ पनि आतंकवादका मुख्य कारक तत्वहरुका रुपमा पाइन्छ । आतंकवादको कुनै स्पष्ट परिभाषा विश्वमा कुनै सरकार र देशले दिन नसकेपनि विश्वका हरेक कुना यस जोखिमको चपेटामा रहेको बताँउदै यस रिपोर्टले देशहरुलाई सूचिकृत पनि गरेको छ ।
७ वटा रंगहरुमा देशहरुको जोखिम जनाइएको छ जसमा नेपाल भनें तेश्रो श्रेणीको जोखिममा राखिएको छ । भारत र चीनको बिचमा रहेको हाम्रो देशलाई किन प्यालेस्टाइन, बुरुन्डी, रुस, जर्मन अनि ईज्रायल झैं राखियो भन्ने बिषयमा भनें कुरा खुलाइएको छैन् । सर्वाधिक धेरै जोखिममा ईराक ९ दशमलव ७४६ अकंका साथ छ भनें हामी नेपाल ५ दशमलव २९५ अकंका साथमा छौं । नेपाललाई यो श्रेणीमा यतिका स्थानका साथ राख्नुका कारण के हो ? जबकि नेपालमा न त कुनै आतंकवादी घटना भएका छन् न त गृहयूद्ध नै छ ।
उता भारत भनें सातौं नम्बरमा ७ दशमलव ५६८ स्थानमा सोमालिया पछि छ भनें चीन चाँही ३६ सौं स्थानमा ५ दशमलव १०८ अकंका साथ छ ।

नेपाल ३३ सौं स्थानमा छ । ईराक अफगानीस्तान, नाइजेरिया, सिरिया र सोमालिया भारत भन्दा अगाडि छन् । उत्तर कोरिया, टुर्कमेनीस्तान, रोमानिया जस्ता देशहरु यस रिपोर्टमा समावेश गरिएका छैनन जबकी यी देशहरु आतंकवादको सूचीमा अत्याधिक बिवाद अनि जोखिममा देखिन्छन् । यस वर्ष कूल आतंकवादी  हत्याहरुमा सिरिया, सोमालिया, नाइजेरिया, ईराक र अफगानीस्तान अगाडि छन् ।
आतंकवादी संगठनलाई जोखिम अनि पक्कडका आधारमा बिभाजन गरिएको छ जस्मा अग्रपंक्तिमा आइसील आएको छ । आइसीसको पत्तासाफ पार्न रुस अनि अमेरिका पनि लागेको समयमा आइसीलको प्रार्दुभाव पनि अचम्म संग भइरहेको देखिन्छ । आइसीलका अलावा बोको हराम, अल शबाव अनि तालीवानलाई विश्वमा ४ ठूला आतंवादी संगठनको सूचीमा राखिएको छ । सन् १९९८ देखि नै घटनाक्रमको अध्ययन गरेर निम्न देशहरुलाई सर्वाधिक जोखिममा रहेका देशका आधारमा यस रिपोर्टले देखाएको छ ।
अफगानीस्तान
ईराक
जाइजेरिया
सोमालिया
सिरिया
पाकिस्तान ईजीप्ट
कंगो
मध्य अफ्रिका
भारत

नेपालको अवस्था मापन गर्दा भारत संगको खुल्ला सिमा, गएको दशकको गृहयूद्ध लगायत आतंकवाद टा्रन्जीटको अभिप्रायले खेलमैदान बनाएको कारणले भन्ने तथ्यहरु आत्मसाथ गरेको हुन सक्ने देखिन्छ । यस रिपोर्टमा नेपाल सरकारको आधिकारिक टिप्पणी या सहभागिताका केही कुरा छैन् । भारतीय चलचित्रहरुमा पनि नेपाललाई आतंकवादको केन्द्र बनाइएको देखाउन थालिएको छ जून नेपालको पर्यटन अनि प्रवर्धनका लागि दुख्खद कुरा हो ।
यस रिपोर्टको आगमन संगै नेपालको पर्यटनमा असर नपर्ला भन्न सकिन्न ।
रिपोर्टको लिंक
http://visionofhumanity.org/app/uploads/2018/12/Global-Terrorism-Index-2018-1.pdf


Loading comments...