आधुनिक नेपाली स्रोता र सुगम पोखरेलकाे “श्वेत हंसिनी”


सरस्वती मया दृष्टा, विणा पुस्तक धारिणी, हंश बाहनम संयुक्ता ..बिद्या दानम करो तु मे ॥

सरस्वती बन्दनाको यही स्लोकसँगै श्वेत हंसिनीको शिर्ष गीतको उठान हुन्छ । अनि बग्न थाल्छदन् सुगम पोखरेल विद्याकी देवी माता सरस्वतीको साधनामा समर्पित उनकै सङ्गीत लहरमा ।

“विद्या, बुद्धि, विज्ञान, कला, सङ्गीतको ध्वनि, अक्षर आवाज सबै सृष्टि हुन तिम्रै हे माता जननी… श्वेत हंसिनी”

गीत यस्तै भावमा सजिलै टिप्न सकिने सरल शब्दहरु समेटेर तयार भएका छन् भने सलललल बगिरहने सङ्गीतको माधूर्य यो गीतको विशेषता हो ।

बसन्त पञ्चमी (श्रीपञ्चमी) अथवा सरस्वती पूजाको पूर्व सन्ध्या नेपाली सङ्गीतका 1MB सुगम पोखरलको “श्वेत हंसिनी” एल्बमको शिर्ष गीत सार्वजनिक भएको छ । माता सरस्वतीको महिमाप्रति समर्पित छ उनको यो गीत ।

आधुनिक नेपाली सङ्गीतको मापन दर्पण केलाई मान्ने? यूट्यूबमा तेर्सिएका ट्रेण्डिङको टप आर्डर अथवा इन्स्टा, फेसबुक अथवा टिकटकको इंगेज्मेन्ट? यो वृहत्त छलफलको विषय होला । यता सुगम यो भाइरल कोलहारदेखि दूर बडो शालिनताका साथ एक से एक सफल व्यवसायिक मनोरञ्जनात्मक सङ्गीतसँगै निरन्तर एउटा फरक कर्म गर्दै आपका छन । त्यो कर्म हो गैरव्यवसायिक झै ठानिएको नेपाली संस्कृति, धर्म, आस्था र विश्वासका सांस्कृतिक सङ्गीतको निरन्तर उत्पादन र प्रबर्द्धन । र, यी सृजनाहरु व्यवसायीक रुपमा र पुस्ता दरपुस्तासम्मको लोकप्रियता हासिल गर्न सफल सावित गरिदिएका छन् ।

लेखकः एस.के. देवकोटा

आधुनिक पुस्ताका स्रोतालाई उनीहरुकै स्वादको सङ्गीतबाट हाम्रो चाडबाड, उत्सव, धर्मका विविध सांस्कृतिक महत्वका बुँदालाई सङ्गीतको माध्यमबाट पस्किंदै आएका छन् । र, यस क्षेत्रमा उनले गरेको यो प्रयोग खेर भने गएको छैन । हरेक दशैं तिहारमा नेपाली रेडियो तथा टेलिभिजनमा “वर्षमा दिनमा लै लै” बजेका हुन्छन् । नेपाली चाडबाडसँग सम्बन्धित सङ्गीतको खाडललाई पुर्ने एउटा अथक तपस्वी हुन सुगम पोखरेल ।

नेपाली आधुनिक, लोक, पप तथा पार्श्व गायनविधाका माध्यमबाट यदि नेपालमा एकछत्र राज गरिआएका कोही छन् भने उनी नेपाली सङ्गीतका एकमात्र अर्थात् 1MB का संस्थापक सदस्य लोकप्रिय सङ्गीतकर्मी, सञ्चारकर्मी, मूर्दन्य प्रतिभाशाली सुगम पोखरेल हुन भन्दा फरक नपर्ला ।

उनको सङ्गीतमा, उनको गायनमा र उनको लेखनमा केट्केटी, युवा अथवा वृद्धवृद्धा जो कोही पनि एकछिन अडिन सक्छ, नाच्न सक्छ, हराउन सक्छ । युवावस्थाका समयमा हामीले सुनेका “मेरो संसार”, “मायाको बाटो”, “एउटा मान्छे विदा”, “मेरो एउटा साथी” जस्ता सदाबहार गीतहरु अझै स्कूल कलेजको पुस्ताले गुनगुनाइरहेकै छन् । यी साङ्गीतिक कृतीहरु अमर भईसके ।

मैले सुनेको सुगम एउटा ऊर्जा हो, एउटा पूनरताजगी हो जसको आवाजले, जसको सङ्गीतले जहिल्यै पनि पहिलो पटक सुनेको सुगमको स्वरसँगै बाँधिरह्यो ।

आधुनिक पुस्ताका सुगम पोखरेलले नेपाली युवाका लागि एक से एक स्तरीय साङ्गीतिक उपहार दिएका छन । र, त्यो उपहार प्रेमीले प्रेमीकालाई, दिदीले बहिनीलाई, आमाले बाबालाई र नागरिकले देशलाई दिएको समर्पणयूक्त सङ्गीतको अभिव्यक्ति बाहेक उनको एउटा तपस्या नेपाली धार्मिक, सांस्कृतिक सङ्गीत व्यवस्थापन र प्रचार-प्रसारमा प्रसंशायोग्य छ ।

आधुनिक पुस्ताका स्रोतालाई उनीहरुकै स्वादको सङ्गीतबाट हाम्रो चाडबाड, उत्सव, धर्मका विविध सांस्कृतिक महत्वका बुँदालाई सङ्गीतको माध्यमबाट पस्किंदै आएका छन् । र, यस क्षेत्रमा उनले गरेको यो प्रयोग खेर भने गएको छैन । हरेक दशैं तिहारमा नेपाली रेडियो तथा टेलिभिजनमा “वर्षमा दिनमा लै लै” बजेका हुन्छन् । नेपाली चाडबाडसँग सम्बन्धित सङ्गीतको खाडललाई पुर्ने एउटा अथक तपस्वी हुन सुगम पोखरेल ।

जे होस् ‘श्वेत हंसिनी’ जस्तो साङ्गीतक उत्पादनहरुको महत्व अपार छ । भोलीको पुस्ताले नेपाली सङ्गीतको आर्काइभमा यस्ता सङ्गीत खोज्दा अग्रजहरुले हाम्रालागी केही रचेर गएनन भन्नका लागि उदाहरण हुनेछन् यस्ता साधनायूक्त सांस्कृतिक सङ्गीतहरु । हामी केटकेटी छँदा विदेशी शब्द अनि सङ्गीतका यस्ता सामाग्रीहरु चाडवाडमा सुनेर हुर्किएका पुस्ता हौं । रेडियो नेपालमा सिमित केही यस्ता सामाग्रीहरु आजको जस्तो जताततै मन लागेको बखत सुन्न अथवा बजाउनु भनेको महाभारत नै थियो । तर आजको पुस्ताका लागि निरन्तर केही न केही यस्ता सामाग्रीहरु उत्पादन हुनु खुशीको कुरो हो भने नेपाली सङ्गीतको यस सांस्कृतिक विधाका सङ्गीतको आर्काइभ पनि मजबुत हुनु हो । हामी आज सामाजिक, सांस्कृतिक गर्व गर्नलायक नेपाली चाडवाड, उत्सवका विभिन्न साङ्गीतिक सामाग्रीहरु आफ्नै बजाउँदै छौं, यो भन्दा खुशीको कुरो के हुनसक्छ । बसन्त पञ्चमीसम्मको यो साङ्गीतिक उपहारका लागि सुगम बधाईको पात्र हुनुहुन्छ, आवाजमा माता सरस्वतीको वास रहीरहोस् । धन्यवाद तथा शुभकामना !

“श्वेत हंसिनी” भिडियो हेर्नुहोस्



Loading comments...