आमालाई चिठी


मिति २०७५/९/११
 पुजनिय आमा

सिरको टोपी पाउमा राखी ढोग छ।

आराम छु आराम चाहान्छु । त्यहा तपाई पनि आरामै हुनुहोला भन्ने आसा गरेको छु। हजुरले पठाएको चिठी मैले आज बिहान मात्र पाए आमा।आमा मैले हजुरले दिएको अर्ति उपदेस अझै बिर्सेको छैन आमा।म हजुरको सपना पूरा गर्न रात दिन नभनी आफ्नो पाईला अगाडी बढाउदै छु आमा।आमा मलाई हजुरले नौ नौ महिना कोख मा राखी हुर्काउनु भयो पढाउनु भयो यहाँ सम्म पुर्याउनु भयो आमा मैले बिर्सेको छैन।आमा हजुर अर्कैको  खेतबारिमा दिन भरी कान गरि आफुलाई दिएको खाजा पटुकिमा बाधेर छोरा स्कुल बाट भोकाएर आउने भयो भनी पटुकिमा बाधेर ल्याएको दुई वटा मकैको सुखा रोटी मलाई खुवाएको मैले बिर्सेको छैन।आमा मैले बिर्सेको छैन दिन भरी अर्कैको खेत मा धान रोपेर आउदा हिलो ले खाएका हजुरका पाउमा ओखर का बोक्रा कुटेर लगाएको मैले बिर्सेको छैन।

मैले बिर्सेको छैन आमा मेरो च्यातिएको जाङ्गेमा तल जग बहदुर आउजी दाईको टेलर मा लगेर पछाडी पट्टि कालो टालो ले टालेर ल्याईदिएको मैले बिर्सेको छैन।आमा मैले लगाउने हातिछाप चप्पलको तुन्ना चुडिदा हजुरले लगाउने त्यो महिलो धोतिको कपडा च्यातेर बाटेको  डोरिले तुना बनाएर लगाएको मैले बिर्सेको छैन। मैले बिर्सेको छैन आमा हामी बस्ने त्यो झुपडिमा बर्षायाम मा पानी पर्दा रात भर त्यो हाम्रो बस्ने महल चुहिएर रात भरी भिमलका खरी बालेर बसेको बिर्सेको छैन आमा।मैले बिर्सेको छैन आमा हजुरले मलको डोको पिठिउ बोकेर जाँदै गर्दा मैले पछ्याउँदै रोएको बिर्सेको छैन ।आमा हजुरले दिएको आशिर्वाद बटुल्दै हजुरको अर्ति उपदेस सम्झेर पढ्न सहर जान्छु भनी कुरा गर्दा हजुरले गह भरी आँसु बनाएको मैले बिर्सेको छैन।र आमा म १० कक्षा पास गरि सहर पढ्न छिर्दा हजुरले छोराको लागि भनेर आफु नखाई नखाई लुकाएर राखेको ५००० पैसा बाकसको कुना बाट झिकेर दिएको मैले बिर्सेको छैन। म सहर पड्न निस्किदा मेरो गाला मा अङ्ग्गालो हालेर मैले बिर्सेको छैन।

आमा हजुरको छोराले सहरमा धेरै दुख कस्ट गरि पढेको कुरा त्यो समाजले सहन नसकेर कुरा काड्दै हामिलाई गिज्याउदै हिनेको अझै मेरो मन मा ताजै छ। हजुरको सपना पूरा गर्न आफ्ना पाईला अगाडी बढाउदै छु आमा र आमा ती छिमेकी दाजु भाइ हरुले तपाईलाई लगाएका वचन ( तेरो छोरालाई डाक्टर पढ्न दिउला खालिस । तेरो छोरालाई रोड मा फलेर देखाउछु) भनेका ती कठोर बोलिहरु मेरो कान मा अझै गुन्जयमान भएर बसेका छन आमा।आमा ती छिमेकिले तेसो भन्दा तपाईले मलाई दिएको साहस अत्ति उपदेस  सुझाव सलाह मैले बिर्सेको छैन आमा।आमा तपाईले दिएको सुझाव र तपाईको अर्ति उपदेस लाई सङगालेर हजुर ले देखाएको बाटो हिन्दै गर्दा अहिले मैले एउटा सेवा गर्ने मौका पाएको छु।आमा हजुरले दिएको सुझाव को कदर गर्दै अहिले म सहिद गङ्गालाल हृदयकेन्द्रमा रहि तपाईं जस्ता हजारौ आमाको रगत परिक्षण गरि सेवा गर्दै छु आमा।हजुरको सपना चाडै पूरा गर्ने बाचा गर्दछु आमा।

उहीँ तापाईलाई रात दिन माया गर्ने छोरा
कर्ण बहादुर बिस्वकर्मा
अछाम

Loading comments...