ईन्स्टाग्रामबाट ६ महिनामा ८० लाख कमाउने यूवा


सामाजिक सञ्जाललाई समयको बर्वादी मान्ने या बजारशास्त्रको एउटा तवर मान्ने एक जमात छ भनें अर्कोतर्फ सामाजिक सञ्जाललाई नै आफ्नो करियर बनाउने यूवाहरुको संख्या पनि दिनानुदिन बढ्दो छ ।

आज हामी एकजना यस्तो यूवाको कुरा गर्दैछौं जस्ले ६ महिनामा नै ईस्टाग्रामबाट ८० लाख कमाए । खबर भारतको एकजना यूवाको हो । भारतका अभिनाश नाडा अहिले आफ्नो उमेर समुहमा सबैभन्दा धनी यूवाहरुमा पर्दछन्, भारतको द यूथ डट ईनले लेखेको छ । १९ वर्ष यिनी एलपीयू विश्वविधालयमा बिटेकका बिधार्थी हुन्, अहिले भारतमा यिनलाई यूथ आइकनमा रुपमा पनि हेरिन थालेको पाइन्छ । उनी ब्यवसाहीहरुलाई डिजीटल मिडियाका प्रवर्धनका नयाँ आयामहरु सिकाँउदछन् र प्रतिघण्टा १ हजार देखि २ हजार डलरसम्म पनि चार्ज गर्दछन् । यिनले शुरुमा ईन्स्टाग्राममा एउटा पेज खोले र त्यसमा समसामयिक बिषयमा मेमहरु हाल्न थाले, पछि यिनको फलोवरहरु चुलिँदै गए । बिभिन्न सामन र सेवा उत्पादक र प्रदायक कम्पनीले यिनलाई आफ्नो सामान प्रवर्धन र मार्केटिगंका लागि अनुरोध गर्न थाले अनि त्यसबाट यिनले शुल्क स्वरुप रकम पनि लिन थाले । यसै गरि यिनले ८० लाख भन्दा धेरै भारु ६ महिनाभित्रै कमाइसकेका छन् ।
अहिले मुख्यतया कस्मेटिक कम्पनीहरु र विश्वस्तरिय ७ वटा ब्राण्डहरुले आफ्नो भारतमा बजार बिस्तार गर्न यिनसंग काम गर्दैछन् । लगभग ५०० देखि १००० डलरमा यिनले आफ्ना विश्वभरिका अनुयायीलाई आफूले बनाएका भिडियो बेच्ने गर्दछन् । यस्ता सामाजिक सञ्जालका उधमी यूवाबाट नेपालले पनि केहि सिक्ने कि ?

लाइभमाण्डु


Loading comments...