ईराकका नयाँ प्रधानमन्त्री नियूक्तिको बिवाद


राष्ट्रपति बरहाम सालिहले ईराकमा नयाँ प्रधनमन्त्री नियूक्त गरेका छन्, मोहम्मद तफिक अलावीलाई ईराकका नयाँ प्रधानमन्त्री नियूक्ति गरेसंगै फेरि ईराकी जनताहरुले नयाँ प्रधानमन्त्री नियूक्तिको बिरोध गरेका छन् ।

जनताहरु नयाँ प्रधनमन्त्रीको नियूक्तिका बिरोधमा सडकमा उत्रिएका छन्, बिशेषत दक्षिणी शहर नसिरिया र वग्दादमा यस्ता प्रर्दशन भइरहेका थिए । नयाँ प्रधनमन्त्रीलाई पुराना नेतृत्व झैं उहि अपराधी र सामन्ती प्रवृतिको मान्छे भनी बिरोध गरिएको छ । पूर्व प्रधानमन्त्री अव्देल अव्दुल मेहेन्दीले नोभेम्बर ३० मा राजिनामा गरेका हुन्, अर्को प्रधनमन्त्री नियूक्त नहुन्जेलसम्मका लागि अभिभावकत्व निर्वाह गर्ने मेहेन्दीको योजना र वाचा वमोजिक उन्लाई पछिल्ला ईराकी राजनैतिक घटनाक्रमले साथ दिन भनें सकेनन । बरु नोभेम्बर पछि त झनै पोलीटिकल ईलाइटका बिरुद्ध ईराकी यूवाहरुले प्रदर्शन शुरु गरे, सरकारको लाखौं दमनका बाबजुद पनि यि बिरोधहरु कम भएनन ।
ईराकी संविधान अनुसार प्रधानमन्त्री पद १५ दिन भन्दा धेरै रिक्त हुन हुँदैन तर महिनौंसम्म पदरिक्तता छाइरहेको अवस्थामा राष्ट्रपतिले नियूक्त गरेका प्रधनमन्त्री तफिकको पनि बहिर्गमन हुने हो भनें ईराकी संसद र क्याबीनेटको नेतृत्व भनें थप प्रश्नमा रहने स्पष्ट छ ।

लाइभमाण्डु


Loading comments...