kalidas

उत्कृष्ट कृति कालिदासको ऋतुसंहार


सुयोग ढकाल- संस्कृत साहित्य क्षेत्रका महाकवि कालिदासलाइ शब्दका अनि बिरमबका भण्डार मानिन्छ । कालिदासले लेखेका कृतिहरु अद्धितिय अनि जीवनदर्शन, मानवता र प्रकृति तिनै कुराहरुका त्रिकोणात्मक संगम मानिन्छन् । हजारौं वर्षअघि कालिदासले परिकल्पना गरेर लेखेका अनि चित्रण गरेका कृतिहरु आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक, मार्मिक र ब्यबहारीक छन् । अहिलेको बिश्वमा मानिसहरुमा पढ्ने बानी अनि यस्ता प्राचिन ग्रन्थ र काब्यहरुको सहज उपलब्धतामा कमी हुँदै आएको छ । कालिदास लगायत अन्य थुप्रै प्राचिन लेखक, सर्जकका कृतिहहरु भुलेर हामी पश्चिमा सस्कारका अवयवमा रमाएका र रुमल्लीएका छौं । लाइभमाण्डुमा सुस्तरि यस्ता कृति, सर्जक अनि परिवेशलाई ल्याँउदै जानेछौं र आजलाई  कालिदासको एक उत्कृष्ट कृति ऋतुसंहार को पेरीफेरीमा कुरा गरौँ ।

कालिदासका लेखनमा प्रकृतिको मनोरम छटाँहरु ऋनि मानव संवेदनाका सामान्य भावहरुको बहुआयामिक र तार्किक मनन पाइन्छ । क्रृतुसंहार एउटा त्यस्तै अदभूत कृति हो जसलाई पढ्दा आजपनि मन मा रहेका प्रकृतिप्रेम ओतप्रोत भएर आँउछ ।

प्रचण्डसूर्यः स्पृहणीयचन्द्रमाः
सदावगाहक्षतवारिसञ्चयः ।
दिनान्तरम्योऽभ्युपशान्तमन्मथो
निदाघकालः
समुपागतःनिदाघकालोऽयमुपागतः प्रिये ॥ १

शदियौं देखि हाम्रा पुर्खाहरुले अध्यन गर्दा यि शुरुवाती हरफहरुलाई पढेका हुन्। यस हरफमा सूर्यको प्रचण्ड किरणको बारेमा मायालुलाई संवोधन गरिएको पाइन्छ। सूर्यको प्रचण्डगर्मी अनिजलाशयमाप्रतिबिम्बितसूर्यकाकिरण, स्नान, थोरै प्रियशीको बिवरण अनि चन्द्रमाको शितलता र घाम अस्ताए पछिका ठण्डकको मदहोशी सम्म यहाँ छ।

पयोधराश् चन्दनपङ्कचर्वितास् तुषारगौरार्पितहारशेखराः।
नितम्बदेशाश् च सहेममेखलाः प्रकुर्वते कस्य मनो न सोत्सुकम्॥ १९६

जब स्त्रीले आफ्ना तनमा फुलका महक अनि चन्दन कामहकलाई समाहित गर्दछन्। सेतो हिँउ रंगका गहनाहरु अनि स्वर्ण गहनाहरु जब तिनीहरुको नितम्बन जिक झण्डिन्छ। उनीहरुको टपक्क मिलेको कम्मर अनि ति गहानाहरुको लत्राई जब जलाशय छेउमा देखिन्छ तब कस्को मनमा माया अनि उत्साहन उम्रिने होला रुरु

कालिदासका यि शब्दहरु उल्था गर्दा ति भावनाहरु जस्ताका त्यस्तै त उल्था हुँदैन न्तर यिनका भावका गहिराईहरु यति मिठा अनि शालिनछ न्कि उनले नभनेरै पनि धेरै कुराहरु भनिदिन्छन् ।

कमलवनचिताम्बुः पाटलामोदरम्यः
सुखसलिलनिषेकः सेव्यचन्द्रांशुहारः।
व्रजतुतवनिदाघः कामिनीभिःसमेतो
निशि सुललितगीते हर्म्य पृष्ठे सुखेन॥१९२८

यी हरफमा उन्ले ग्रीष्मकालको कमलको फुल अनि तलावको शितलता, तलावमा स्नान गर्दाको चिस्यान अनि ग्रीष्म कालको महत्वलाई बिभिन्न बिम्ब प्रयोग गर्दै ब्याख्या गरेका छन्।

प्रेम अनि प्रकृतिलाई कालिदासले यस्तो मिठो त्यान्द्राले जोडेका छन् कि जो कोही ले पनि यो कृति पढ्दा भावनात्मक गहिराई अनि प्रेमभावको भावमा मिठास थपिएको आभास गर्दछन् । प्रेमका धेरै कम मात्र आयामलाई अहिलेसम्मका कुनै कृति या सर्जकले आफ्ना कृतिमा कुँद्न सकेका छन् जसरी कालिदासले आफ्नो कृतिमा समाहित गरेका छन् ।

अहिलेको धुलाम्मे, हिलाम्मे, व्यस्त, चटके अनि पीडादायी समाजमा उतिबेलाको शान्त, प्राकृतिक अनि सुन्दर समाजको कालिदासको काव्यात्मक चित्रण बहुतै अदभुत लाग्दछ। कालिदासको ऋतुसंहारलाई मानवताको अद्भुत उदाहरण मानिन्छ, यस कृतिमा प्रकृति, मानवता अनि शान्ति कालिदासले छताछुल्ल पारेका छन ।

हालसालै सस्कृतका महाकवि कालिदासको ऋतुसंहार कृतीलाई एएनडी हस्कर नाम गरेका बिद्धानले अग्रेजीमा अनुवाद गरेका छन्। समाजको चित्रणलाई यूगान्तकारी रुपमा प्रस्तुत गरिएको यस कृतिलाई प्रकृतिसंग पनि निकट अभिव्यक्तिका रुपमा लिइएको छ ।

६ वटै रितुहरु अनि प्रेमालापलाई श्रृगांररससंग घुलाएर कालिदासले यस कवितामा बेजोड प्रस्तुती दिएका छन् । यस कृतिमा ग्रिष्म, बसन्त, बर्खा, हेमन्त, शरद अनि शिशिर ऋतुलाई प्रेमभावसंग जोडेर प्रस्तुत गरिएको छ ।


संहारको अर्थ
यस कवितालाई प्रकृतीको श्रृगांररसमा भिजेको कविता मान्न सकिन्छ, धेरै जनाले त यस कवितालाई अश्लिल पनि मानेका छन् किनभने कालिदासले प्रेम अनि शारीरीक भोगलाई पनि छताछुल्ल पारिदिएका छन् ।

ऋतुसंहारमा एउटा यस्तो अदभुत माला हो जसमा सबै सम्पूर्ण रितुहरु एकै फेरोमा अभिव्यक्त गरिएको छ। सबै रितुहरु एउटै साथ एकै पलमा आउनु या सम्पूर्ण रितुहरुको समिश्रणलाई गाँसेएका छन्। संहारको अर्थ एकैपटक आउनु या समुहमा आउनु भन्ने हुन्छ अथवा रितुहरुको जन्म र मृत्यूको चक्रलाई पनि बुझ्न सकिन्छ ।

गर्मीमा चन्द्रशयल, स्नान, पहिरन अनि पसिना सम्मलाई पनि जोडेर माया अनि पैमका जोडीलाई कादिलासले खुबै खेलेर व्याख्या गरेका छन् । लाग्छ कि पूर्विय दर्शनमा माया, शारीरीक भोग अनि प्रेमालापलाई पहिलेदेखि नै पवित्र अनि पावन रुपमा हेरिने गरेका रहेछ भनेर ।

कालिदासका अन्य कृतिहरु भन्दा यस कृति निकै छोटो छ। यस कृतिको प्रारम्भ ग्रिष्म कालवाट हुन्छ। सुख्खा जमिन, घामको रापm अनि सुकेको जमिनमा पानीका थोपाहरु प्रतिको आशक्तिलाई मायासंग तुलना गरिएको छ । यसका साथै यस रितुमा पाउने आँप अनि चिसो चन्द्रशयलका रात्रिहरु पनि यहाँ वर्णन गरिएको छ। अनि यस रितुलाई ल्याएर वर्खाका तप्प तप्प पर्ने पानीका थोपासंग उनले गाँसेका छन् । वर्खाको त्यो पानीको थोपा, बलेसी, बादल, आकाश अनि वातावरणमा देखिएको स्वच्छतालाई प्रस्तुत गरिएको छ। वर्खाको जादुलाई काला बादल, आकाशको गड्याङ्गगुडुङ्ग र विजुली चम्काइसंग पनि तुलना गरेका छन् । स्मरण रहोस् मौसमका यि सम्पूर्ण चालसंगै प्रेम, आशक्ति अनि भोगका कुराहरु पनि प्रतिबिम्बीत गरिएको छ। बर्खाको समापन संगै चाडपर्वको शरद रितु अनि आकाशको खुल्लापनालाई जोडेका छन कालिदासले, यस रितुसंग बालीनाली अनि खेत खरियान, शितका शुरुवाती थोपाहरु पनि प्रस्तुत गरेका छन् । कालिदासले शरदका दिनहरुलाई दोश्रो ग्रिष्मका रुपमा प्रस्तुत गरेका छन् । सिरेटोसंगै चिसो समय, हेमन्त रितु अनि निकटतालाई प्रेमसंग जोडेका छन् कालिदासले ।

सम्पूर्ण रितुको स्वास्थ्य अनि प्रेम प्रतिको समबन्धलाई कालिदासले अभिव्यक्त गरिदिएका छन् । कोईलीको दृष्टान्त अनि मधुरताको प्रयोग शव्दमार्फत कसैले जानेको छन भनें ती कालिदास नै हुन् । पढ्दै जाँदा कालिदास शव्दका भकारी अनि भावका बादल झैं हुन भन्ने भान हुन्छ, कालिदास कवितामा शब्दहरु वर्षदैं जान्छन्, पाठकको मन भिजिरहन्छ ।

यिनै अनुवादक अनि काव्यात्मक शोधकर्ता हस्करले सस्कृत भाषा अनि काव्यात्मक अभिव्यक्तिको प्रशंसा गर्दै कालिदासलाई भारतवर्षको शेक्सपीयर भन्दा महत्वपूर्ण अनि महान कवि भनेर भनेका छन् ।

प्रेमलाई फुल या रंग अनि प्राप्तीसंग मात्र जोडेर प्रस्तुत गर्ने आधुनिक समयमा कालिदासका कृतिहरु बिभिन्न अनि बिशेष छ । उनका पात्रहरुले माया दर्शाउन कुनै गीत गाउन या शारिरीक मिलाप गर्न पर्दैन । प्रेमभावको विशुद्ध भाव अनि पूर्विय दर्शनको सरलतालाई कालिदासले खोलामा बगेको पानी झैं सलल बगाएका छन् । अबका पुस्ताले कालिदासका कृति पढ्न, बिभिन्न भाषामा उल्था गर्न र त्यसका सन्देशहरुलाई एउटा अभियान दिन जरुरी छ ।

तामिल भाषामा सन् १९५० मै के सथाशिव आयरले यस कवितालाई अनुवाद गरेका थिए भने धनन्जय बोर्कारले सन् २०१२ मा मराठीमा पनि अनुवाद गरेका हुन् । आशा छ नेपालीमा पनि यस कृति दुरुस्तै पढ्न पाइनेछ ।

 


Loading comments...