एन आई सी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’


काठमाण्डौ, ३ असोज, २०७७ । एन आई सी एशिया बैंकका अध्यक्ष श्री तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभुषित गरिने भएको छ । संविधान दिवस २०७७ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले यस बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी श्री तुलसीराम अग्रवालज्यूलाई । प्रबल जनसेवा श犀利士
्री चतुर्थ’ द्वारा विभुषित गर्ने घोषणा गर्नुभएको पावन अवसरमा यस बैंकको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यू तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछौं ।

श्री अग्रवालज्यले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्र्याउँदै यस बैंकको अध्यक्षका साथै हाल विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्र्याउँदै आउनुभएको छ । साथै वहाँले CN फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आउनुभएको छ ।

सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)


Loading comments...