ओशो ज्यूदै भएको भए


जनवरी १९ सन् १९९० मा ओशोले संसारवाट बिदा मागेका हुन् । भगवान रजनीश, ओशो, दार्शनिक रजनीश लगायत धेरै नामहरुले ओशोलाई संवोधन गरिने गरिन्छ । जीवन अनि समाजलाई कसैले यति मीठो तवरले अनि ब्यङ्गात्मक रुपले परिभाषित अनि पूर्नपरिभाषीत गर्न सकेको छ भनें वहाँ ओशो नै हो ।

शुरुवातमा ओशो शब्दलाई नै ब्याख्या गरौं । बिलियम डेल्सको ओसीनीक भन्ने अंग्रेजी शब्दबाट साभार लिएको बताइन्छ । यस्को अर्थ हुन्छ समुन्द्र या महासागरमा समाहित हुनु ।

बिभिन्न मर्यादा अनि बन्धनवाट मान्छेलाई आफ्नो प्राकृतिक स्वभावमा हरेक प्रकारका आडम्बर भन्दा पर राख्नु नै ओशोको दर्शनको मुख्य कडि हो ।

जनवरी महिना ओशोको समाधीको महिना हो, लाईभमाण्डु यस वर्षको जनवरीमा ओशोका वाणीहरु लिएर आउने छ । आउनुहोस् आज कुरा गरौं कि सन् १९३१ को डिसेम्बर ११ मा जन्म भएका यि अद्धितिय पुरुष आज सम्म पनि जिवीत रहेको भए के हुन्थ्यो भनेंर । के हुन्थ्यो त यदि ओशो ५८ वर्षको उमेरमा परमेश्वरमा लिन नहुनुभएको भए?

यदि गौतम बुद्ध केही समय अझै पृथ्वीमा भइदिएको भए वा पून पृथ्वीमा आइदिएको भए के हुन्थ्यो होला भनें झैं ओशो पनि आजका दिनसम्म हामीमाझ नै हुनुभएको भए के हुन्थ्यो त भन्ने प्रश्न धेरै ओशोका अनुयायी अनि दर्शनशास्त्रका अनुयायीहरुले गर्दछन् ।

ओशो एक बिद्रोही, एक क्रान्तिकारी एवं मानविय समाज अनि संवेदनाका धेरै बन्धनहरुमा तार्किक प्रहार गर्ने एक परिवर्तनका घोतक । ओशोको जीवनक्रमहरु सामान्य थिएन न त उन्को सोच नै सामान्य थियो । समयको गतिशिलतालाई आत्मसाथ गर्दै ओशोले जीवनमा नयाँ आयाम र नक्षत्र कोरिदिनु भएको मान्न सकिन्छ । ओशोको कुरा जबसम्म तपाँई सुन्न सन्नुहुन्छ तबसम्म तपाँइलाई बाँधेर राख्न सक्ने तागत ओशोको शब्द अनि बिचारमा तपाँइले पाउनुहुन्छ ।

ओशोको जन्म हुँदा शिशु ओशोले ३ दिनसम्म आमाको दुध नखाएको बताइन्छ । जैन परिवारमा जन्म भएको ओशोका पिता कपडाको व्यापारी रहेको र ओशोलाई राजा उपनामले माया गरेर बोलाउने गरिएको बताइन्छ । दश वर्षको उमेरमा प्रथमपटक बिध्यालय जानुभएका ओशोले परिवारको अगाडी एउटा अनौठो माग राखेको तथ्य छ । स्कुलको गेटमा हात्तिको गेट भएको कारणले आफु पनि प्रथम पटक स्कुल जाँदा हात्तिमा चढेर जाने ओशोको मागलाई बुवाले पुरा गरिदिएको बताइन्छ । यसरी हात्तिमा चढेर बिधालय छिरेका ओशो पछि गएर ज्ञान र दर्शनका वास्तविक राजा भए । भूतप्रेतको बारेमा १२ वर्षको उमेरमा सुनेका बालक ओशोले धेरै समय यतिखेर मसानघाटहरुमा बिताएको बताइन्छ । भाइचारा र प्रेमको प्रतिक केवल माया र स्वतन्त्रताको मात्र शहर बसाउने इच्छा भएका ओशोले पछि अमेरिकाको ओरिगनमा आफ्नो रजनीशपुर बसाएको तथ्य छ ।

आज आशो हामीमाझ भएका भए शायद बुढो धेरै बुढो भइसकेको हुनुहुन्थ्यो होला । सन् १९९० मा परमेश्वरमा लिन् हुनुभएका ओशो आज हामीमाझ हुनुभएको भए ओशो ८७ वर्षको भइसक्नु भएको हुन्थ्यो । वहाँले पार्थिव शरीर छाडेकै २९ वर्ष भइसकेको छ । ओशो आज हामी बिच हुनुहुन्न तर वहाँको दर्शन आज हामीमाझ उत्तिकै तन्नेरी अनि उत्कट चाहनाका साथ विधमान छन् । नियो ह्यूमन अनि नियो एनाल्सीसका प्रतिपादक ओशो आज हामीमाझ हुनुभएको भए के वहाँले नयाँ सन्याशी या नयाँ मान्छेको अवधारणा पुरा गर्न सक्नुहुन्थ्यो होला ?

आजको समाज अनि विश्वमा भएका धेरै अन्र्तविरोधहरुले ओशोको आजको यूगको उपस्थितीलाई झनै जरुरी बनाएको छ । वहाँको सिस्टम र समाजको धारणाको आजको विश्वलाई झनै जरुरत छ । ओशो नभएर पनि हाम्रो जीवनमा सोच अनि समाधी स्वरुपमा उपस्थित हुनुहुन्छ । अमेरिका ओरिगनमा बिभिन्न कारण अनि विवादमा तानिएको ओशो आश्रम अनि धारणालाई क्रमश अमेरिकाबाट देशनिकाला गरियो । पश्चिमा जीवनमा पूर्विय जीवनशैली अनि दर्शन लिएर पुग्ने महापुरुषहरु हरेक यूगमा जन्मिएको पाइन्छ । ओशो तिनै महापुरुष मध्य एक उत्तम पुरुष पनि हुनुहुन्छ । ओशोको मृत्युको घटनालाई स्लो पोइजन खुवाइएको, वहाँकै निकटका व्यक्तिहरुले धोका दिएको लगायत थुप्रै अन्य षडयन्त्रका धारणाले पनि अभिव्यक्त गरेको पाइन्छ । आजका युवापुस्ता संग धेरै प्रश्नहरु छन्, उनीहरु उत्तरको खोजिमा छन् र शायद आज ओशो हुनुभएको भए प्रश्नोत्तर अनि दर्शनको पहुँच र प्रभाव विश्वव्यापी हुनेथियो । आज पनि करोडौै मान्छेहरु ओशालाई सुन्दछन्, आत्मसाथ गर्दछन्, पढ्दछन अनि पूज्दछन् । ओशोमा बिद्रोहको भावना छन् अनि त्यो शान्ति पनि जसले वहाँलाई एउटा बिद्रोही साधु बनाएको छ । वहाँको दर्शन अनि बिद्रोह यूगान्तकारी छन् । ओशोका बारेमा लेखिएको पुस्तक नपढौं तर ओशोले भनेंका कुराहरुको बारेका पुस्तकहरु पढौं । आफ्नो जीवनमा ओशोले करिब १ लाख पुस्तक पढेको बताइन्छ, ओशोको पुस्तक अनि ज्ञानको पुस्तकालय अद्धितिय छ । जीवनका हरेक दिनमा करिब ६ देखि ७ पुस्तक औसतमा ओशोले पढेको तथ्याकं छ ।

ओशो समाजवाद अनि लेप्टीस्टहरुको कडा आलोचक पनि मानिनुहुन्छ । ध्यान, चेतना, प्रेम, उत्साह, उत्सर्ग अनि स्वतन्त्राका पर्याय ओशोका वाणीहरु आज पनि कैयन मान्छेको जीवन सारथी भएको छ ।

तपाँईको को हो भन्ने प्रश्नमा ओशोको एउटा उत्तर स्तम्भ यहाँ नेपालीमा अनुवाद गर्न चाह्यौं । म भूतकाल संगको क्रमभगंता हुँ । मलाई विगतले बुझ्न सक्दैन र केवल भविष्यले मात्र बुझ्न सक्दछ । मलाई बिगतले केवल निन्दा गर्दछ तर बुझ्न सक्नेछैन । विगतले मलाई बुझ्न सक्दैन र मसंग सहमत पनि हुन सक्दैन । केवल भविष्यमा जब मान्छेहरु झन् रहस्यको पोको भित्र पोकींदै जानेछन् अनि अर्थहिनतालाई नै भरिपूर्ण भन्ठान्दछन् । अबको सय वर्ष पछि मान्छेले जीवनको रहस्यहरु बुझ्ने चेष्टा गरिरहँदा उ कम हिन्दु या कम क्रिस्टियन या कम मुसलमान हुन्छ तर बढि प्रशंसक भएर जान्छ । जागरणको प्रशंसा गर्ने मानव ब्यबहार बृद्धि भएर जाँदा उस्ले क्रमश समस्त मानवहरुको अनेकता र बिभिदतालाई सहर्ष स्वीकार गर्दै जान्छ । मानबतालाई अझ प्रगाढ अनि उत्कृष्ट रुवरुपमा ल्याउन स्वतन्त्रता मात्र एक कडि हो । हरेक ब्यक्तिको आआफ्नो अलग्गै गीत हुनु पर्दछ र कुनै भींडले नभई मान्छे आँफैले आफ्नालागि निर्णय लिन थाल्नेछ ।

म भूतकाल संगको क्रमभगंता हुँ । मलाई बिगतले बुझ्न सक्दैन र केवल भविष्यले मात्र बुझ्न सक्दछ ।

लाईभमाण्डु

 

 

 


Loading comments...