कमल थापा भन्छन् ‘नेपाल नामअघि विशेषण जोड्नु आवश्यक थिएन’


काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ अगाडी विशेषण जोड्न आवश्यक नभएको भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ ।’ उनले भनेका छन् ‘नाम अगाडी रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’


Loading comments...