करण जोहरले कार्तिक आर्यनलाई किन बर्खास्त गरे ?


मुम्बई । अभिनेता कार्तिक आर्यन अब चलचित्र ‘दोस्ताना २’ मा नदेखिने भएका छन् । कार्तिकलाई यस चलचित्रबाट बर्खास्त गरिएको बलिउड हंगामाले जनाएको छ । साथै अबदेखि धर्मा प्रोडक्सनले कार्तिकसँग कुनै काम नगर्ने पनि बताइएको छ ।

कार्तिक र धर्मा प्रोडक्सनका करण जौहरबीच वैमनस्यको स्थिति सिर्जना भएपछि उनलाई वर्खास्त गरिएको समाचारमा उल्लेख छ । साथै अभिनेत्री जान्ह्वी र कार्तिकबीचको सम्बन्ध पनि बिग्रिएको बताइएको छ ।

कार्तिकले सुरुमा राम मधवानीको चलचित्र ‘धमाका’ सकाएर मात्रै ‘दोस्ताना २’ का लागि समय दिन्छु भनेपछि करण बिच्किएका थिए । त्यसपछि उनीहरूबीच कुराकानी नै हुन छोडेको दाबी गरिएको छ ।


Loading comments...