कराँचीको ‘पाकिस्तान स्टक एक्स्चेन्ज’मा गोली चल्यो, केहीको मृत्यु


पाकिस्तानको महत्वपूर्ण शहर कराँचीस्थित ‘पाकिस्तान स्टक एक्स्चेन्ज’को महत्वपूर्ण भवनमा स्वचालित राइफल बोकेका आएका बन्दुकधारीहरूले आक्रमण गरेकाछन् । उक्त घटनामा परि कम्तीमा २ जनाको मृत्यु भएको छ भने केही व्यक्तिहरु घाइते भएको कुरा पाकिस्तानी समाचारमाध्यमले उल्लेख गरेकाछन् ।

‘पाकिस्तान स्टक एक्स्चेन्ज’को मुख्य ढोकामा ग्रिनेड विस्फोट गराउँदै आक्रमणकारीहरू भवनमा प्रवेश गरेका थिए । ‘पाकिस्तान स्टक एक्स्चेन्ज’ को भवन प्रवेश गरीसकेपछि सबैभन्दा पहिले उनीहरूले उक्त भवनबाहिर रहेको सुरक्षापोष्टमा गोली प्रहार गरेका थिए । आक्रमण लगत्तै घटनास्थफमा तैनाथ पाकिस्तानी सुरक्षाकर्मीले गरेको प्रतिकारमा परि घटनामा संलग्न ४ जनालाई मारिसकिएको कुरा पाकिस्तानी समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

घटनाको जिम्मेवारी पाकिस्तानमा सक्रिय भूमीगत संगठन ‘बलोच लिवरेशन आर्मी’ले लिएको छ । निरन्तर अस्थिरता तथा आतंकवादको मारमा रहेको पाकिस्तानमा लामो समयदेखि जातीय समूह बलोचले बेग्लै देशको माग सहित सशस्त्र विद्रोह गरिरहेका छन् ।

घटनामा परि हताहत हुनेहरुमा प्रहरी तथा अन्य सुरक्षाकर्मी पनि हुनसक्ने प्रहरीले जनाएको छ ।


Loading comments...