कालीप्रसाद बास्कोटा अमेरीकामा, तर शो हुने नहुने अन्यौल


पछिल्लो केहि दिन यता अमेरिकाको अस्टिनमा हुन लागेको गायक द्वय समिर आचार्य र कालीप्रसाद बास्कोटाको कार्यक्रम बिबादको बिषय बनेर बाहिर आईरहेको छ । संगीत क्षेत्रमा उत्तीकै सक्षम वास्कोटा र आचार्यले एउटै कार्यक्रममा भाग लिने कुराले यि दुवै कलाकारका दर्शक उत्साहित देखिएका भएपनि आयोजक टिमकै एक सदस्यको चलाखीपुर्ण धोकाका कारण यि दुई गायकको प्रस्तुती अलग्गिन पुगेको हो ।

नेपाली कलाकार र चलचित्रलाई अमेरिका ल्याउने र कार्यक्रम आयोजना गदै आईरहेको नमो नमस्ते ईन्टरटेण्डले आगामी जनवरी ५ का दिन संगीतकार कालिप्रसाद बास्कोटा र गायक समिर आचार्यलाई अस्टिनमा ल्याउने कार्यक्रमको तयारी गर्यो । टिममा रहेका ५ सदस्य प्रिन्स भट्ट, प्रदिप भडेल, सनोद कुँवर पवित्र सुवेदी र सुवास थापाको सल्लाहमा कार्यक्रमको तयारी सुरु भयो । सुरुमा दर्शकको मागलाई ध्यानमा राखेर कार्यक्रम आयोेजना गर्ने सल्लाह भएपछि दुवै कलाकारको फोटो सहितको पोष्टर त बन्यो तर सो पोष्टर पोष्ट नगरी थापाले कालिप्रसाद बास्कोटा मात्र भएको पोष्टर सार्वजनिक गरे । यो गर्नु दर्शकका लागि धोका जस्तो पनि हो । किनकी दर्शकलाई यो पोष्टरले कालि प्रसादको मात्र कार्यक्रम हो की भन्ने भ्रम पनि पर्न सक्थ्यो ।


बास्कोटाको तस्विरमात्र भएको सो पोष्टर डिसेम्बर ५ का दिन फेसबुक सर्बेका लागि राखियो यो उनको गद्दारीको पहिलो संकेत थियो तर नमो नमस्तेका ४ जना विश्वासको भरमा चले । एउटै टिमभित्र फेरी यो होईन यो भन्दा दर्शकका नजरमा सबै सदस्यप्रति नकारात्मक सन्देश जान सक्थ्यो । तर नेपाली समुदाय मिलेर बसेको यो क्षेत्रमा कार्यक्रम हुँदै छ भन्ने थाहा पाएपछि एक अर्कामा यो बिषयमा कुरा हुन्छ र पनि समिर र काली प्रसादको संयुक्त प्रस्तुती हो भन्ने प्रायलाई थाहा भयो ।

कार्यक्रम आयोजना हुँदै छ भन्ने थापा पाएपछि उल्लेखनिय संख्यामा दर्शकहरुले आफु आउने कुरा अनलाईन मार्फत जानकारी गराएपछि कार्यक्रम गर्ने पक्का भयो । डिसेम्बर ५ मा समिर आचार्यको तस्विर अंकित पोष्टर नराखेका थापाले टिमसंग सल्लाह नगरी पुन डिसेम्बर ८ मा कालि प्रसादको मात्र फोटो भएको पोस्टर नमोनमकै फेसबुक पेजबाट सार्वजनिक गरे । ३ दिनमा नै ३ सय जना कार्यक्रमप्रति ईच्छुक देखिए । समिर आचार्यको फोटो सहिदको पोष्टर सार्वजनिक नभएपनि सबैलाई यो कार्यक्रममा समिर पनि आउने कुरा थाहा भै सकेकाले पनि उनिहरु उत्साहित थिए । दाङका ब्यक्तीहरुको बाक्लो बसोबास रहेको अस्टिनमा तुलनात्मक रुपमा हेर्दा समिरका प्रशंसकको उपस्थिती बढि हुने देखिन्छ ।

प्रस्तुत छ कार्यक्रमका विषयमा अमेरीकाबाट समाचार स्रोतले भनेको कुरा जस्ताको त्यस्तैः
सुरुमा ५ जना बसेर बनाएको योजनामा सुवास थापा म आफु एक्लै कार्यक्रम गर्छु भन्दै टिमका साथीहरुसंग निउँ खोज्न थाले । उनले सबैलाई मैले ल्याउन लाएको हो काली प्रसादलाई भन्दै हिड्न मात्र भ्याएनन् आफ्ना छोरीहरुको नाममा नयाँ कम्पनी डि एण्डी डी मुभिजको नाम सार्वजनिक गरे । र केहि मिडियालाई नमो नमस्ते दर्ता नै भएको छैन भनेर टिमकै साथिहरुबारे अपवाह फैलाउन सम्म भ्याए जवकी सुन्नमा आए अनुसार उनको कम्पनि डि एण्ड डी मुभिज चाहिं दर्ता नभएको कम्पनि हो । नमो नमस्ते अस्टीनमा नै दर्ता भएको कम्पनी हो ।

नेपालमा रहंदा नै कलाकर्मीको नजरमा घमण्डी र जुन सुकै बेला धोका दिनसक्ने नकारात्मक छवि बनाएका सुवास थापा केहि चलचित्रका प्रोडुसर पनि हुन् संगै काम गरेका अनुराग नामका ब्यक्तीको पैसा नबुझाएका थापाले म चलचित्रबाट उठाएर दिन्छु भन्दै चलचित्र बिर्खेलाई चिन्छस् लिएर अमेरिका आएका हुन् पछि उनि नेपाल फर्किएनन् ।


नेपाली कलाकर्मीहरु मिलेर बसिरहेको अस्टिनमा उनि आफ्नो स्वभावका कारण अलोकप्रिय बन्दै गएका छन् । उनका कारण देखिएको यो विबाद पहिलो जस्तो लागेपनि उनका कारण एक आपसमा मनमुटावको माहोल बन्ने गरेको समेत त्यहाँ रहेका नेपालीहरु बताउँछन् । सुरुमा अत्यन्त लचक देखाएर प्रवेश गर्ने र पछि त्यहि ब्यक्तीलाई धोका दिने काममा माहिर सुवास थापा आफु नेपालको उत्कृष्ट कलाकार भएको भन्दै घमण्ड समेत देखाउने गर्छन् । उनलाई सहयोग गर्नेहरु आजित बन्दै गएका छन् किनकी उनि कुनै न कुनै नियत राखेरै मान्छेसंग परिचय बढाउँछन् भन्ने भान उनीका गतिविधीले जनाउँछ ।

केहि दिन अघि अमेरिकामा सम्पन्न ग्लोबल नेपाली फिल्म, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८ मा नेपाली कलाकर्मी र कलाप्रेमीको बाक्लो उपस्थिती थियो, टाढा टाढाबाट कलाकर्मी उपस्थित अवार्डमा समेत सुवास थापालाई कसैले निम्ता नगर्नु पनि उनको अलोकप्रियताको अर्को उदाहरण हो ।

यो बिबादमा परेका दुई कलाकार मध्य कालिप्रसाद बास्कोटा हिजो अमेरिका पुगिसकेका छन् । तर कालीप्रसाद यहि कार्यक्रमका लागि मात्र अमेरिका आएका होईनन् । उनलाई समेत सुवास थापाले झुक्याईदिंदा एउटा भिडियो क्लिप्स सार्वजनिक भयो । जसमा उनले डि एण्ड डी मुभिजको आयोजनमा अस्टिन आउँदैछु भनेका छन् । नेपालमा रहेका ब्यस्त कलाकार काली प्रसादलाई सुवास थापाले फोन गरेर जे जे कुरा टिपाए त्यो अनुसार उनले भने । विश्वासमा नै उनले त्यो क्लिप्स आफ्ना दर्शकका लागि सन्देश स्वरुप पठाएका हुन् उनलाई नमो नमस्ते र सुवास थापा विचको किचलो थाहा थिएन । थाहा हुने कुरा पनि भएन यहाँ के गर्दैछन् थापा भन्ने आफ्नै टिमका साथीहरुलाई त पत्तो भएन बास्कोटा त नेपालमा थिए ।

यो हो कालीप्रसाद बास्कोटाको सन्देशसहितको भिडियोः


Loading comments...