कुल देवता धाम निर्माण, संरक्षण तथा प्रवर्दन अभियान घोषणा


नेपाल भारत लगायत अन्य मुलुकमा बसोबास गर्ने सबै वर्ग, धर्म, समुदाय र जातीका कुल देवताको प्रतिमा र मन्दिर सहितको कुल देवता धाम निर्माण, संरक्षण र प्रवर्दन अभियानको घोषणा आज जनकपुरधाममा गरिएको छ । भोरले पहिलो दसक (२००९ – २०१९) पुरा गरी दोश्रो दसक (२०२० – २०३०) शुरु गरेको अवसरमा तीन नयां अभियान अगाडी सारेको छ जस मध्ये कुल देवता धाम निर्माण, संरक्षण तथा प्रवर्दन एक हो । प्रदेश २, सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिकामा अवस्थित नाढी ताल नजिकै कमसे कम पांच विगघा जग्गामा उक्त कुल देवता धाम निर्माण गर्ने अभियान आज जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

नेपाल पत्रकार महासंघ, धनुषाको अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलन तथा अभियान घोषणा समारोहमा संस्कृति विद् तथा बरिष्ठ साहित्यकार डा. राम भरोष कापरि, कलाकार माया पौडेल, मुस्लिम समुदायको तर्फबाट अब्दुल अजिज, धामी राम नारायण साहको विषेश उपस्थितीमा जनकपुरधाम अवस्थित विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागीतामा उक्त अभियान घोषणा गरिएको छ ।

भोरले आफनो दोश्रो दसकमा शुरु गरेको तीन अभियानहरु १. अभियन्ता सम्मेलन, २. सोहजन ३. कुल देवता धाम को बारेमा भोरका अध्यक्ष राज कुमार महतोले जानकारी गराएका थिए । सबै वर्ग, धर्म, समुदाय र जातीका पुस्तौ पुस्ता देखि पुजदै आएका आ आफनो कुल देवताहरुको एकै स्थानमा मुर्ति र मन्दिर सहितको कुल देवता धाम निमार्णले प्रदेश २ मा एउटा नविन, अदभुत र अतुलनिय पर्यटक स्थलको स्थापना हुनेछ । यस प्रकारको कुल देवता धाम विश्वको कुनै पनि देशमा नभएकोले गर्दा यो एउटा उल्लेखनीय स्थल हुनेछ ।

धार्मिक सहिष्णुता, जातिय सद्भाव, सामाजिक एकता वृद्धिमा उल्लेखनिय योगदान गर्ने अपेक्षा गरिएको उक्त कुल देवता धाम निर्माण निकै प्रसंशनीय पहल रहेको नेपाल पत्रकार महासंघ, धनुषाको अध्यक्ष अनिल मिश्रले बताए । हिन्दु मुस्लिम हिन्दु तथा अन्य धर्मका धार्मिक मुर्ति र मन्दिर एकै स्थानमा बनाउने कुल देवता धामले समाजमा विध्यमान नकारात्मक सोच र मानसिकतालाई सकारात्मक दिशा तर्फ लाने विश्वास अब्दुल अजिजले दावी गरे । त्यस्तै कुल देवता धाम निर्माण गर्ने अभियान निकै पहिले शुरु हुनु पर्ने व्यहोरा व्यक्त गर्दै ढिलै भए पनि भोरले यो पावन अभियान शुरु गरेको कार्यको सराहना गर्दे कलाकार माया पौडेलले यसमा आफनो पुर्ण साथ रहने जनाए । संस्कृति विद् तथा बरिष्ठ साहित्यकार डा. राम भरोष कापरिले यस कुल देवता धाम निर्माणको क्रममा गहन तथा बृहत छलफल तथा परामर्श गर्नु पर्ने वक्तव्य दिदै यो एउटा कोषे ढुगां सावित हुने विश्वास व्यक्त गरे ।

आजको पत्रकार सम्मेलन मार्फत कुल देवता धाम निर्माण, संरक्षण र प्रवर्दन अभियानको घोषणा मार्फत मात्र भएको हो । यस पश्चात निकै लामो प्रक्रिया तथा चरणहरु पार गर्दै कुल देवता धामको डिपिआर तथा बिस्तृत बजेट तयार गरिने छ । नेपाल भारत लगायत विभिन्न मुलुकका विभिन्न वर्ग, धर्म, समुदाय तथा जातीका अगुवा, विज्ञ, धामी, संस्कृति विद्, तथा अन्य सरोकारवालाहरु सित गहन छलफल तथा परामर्श गरिने योजना रहेको जानकारी भोरको अध्यक्ष राज कुमार महतोले जनाए । त्यस पश्चात आर्किटेक इन्जिनियर, भिएफएक्स डिजाइनर तथा अन्य प्राविधिकहरुको संलग्नतामा कुल देवता धामको बिस्तृत डिजाइन, नक्सा र डिपिआर तयार गरिनेछ । साथै स्केच आर्टिस्टको मदतले प्रत्येक कुल देवताको आकृति कोर्ने र सोही अनुसार मुर्ति तथा मन्दिर निर्माण गरिनेछ ।

अगामी छ महिना भित्र कुल देवता धामको डिपिआर तथा बिस्तृत बजेट र डिजिटल डिजाइन तयार भई सक्ने योजना रहेको अध्यक्ष महतोले जानकारी गराए । यस महत्वाकांक्षी आयोजनाको आर्थिक कारोबारको मितव्ययी तवरले गरिने तथा प्रत्येक दिनको आम्दनी र खर्च भोरको आधिकारीक वेवसाइट मार्फत प्रत्येक दिन सार्वजनिक गरिनेछ प्रतिबधता समेत अध्यक्ष महतोले सार्वजनिक गरे । पत्रकार सम्मेलन तथा घोषणा समारोहको संचालन साहित्यकार तथा संचारकर्मी नित्यानन्द मण्डलले गर्नु भएको थियो भने यस्को व्यवस्थापन भोरको संस्थापक सदस्यहरु पचुलाल माझी र उमेश कुमार साहले गरेका थिए ।

यस पावन, रणनैतिक तथा अतुलनिय अभियानमा सबै वर्ग, समुदाय, समाज, सरकार र सरोकारवालाहरुले साथ दिने र सहकार्य गर्ने आशा तथा विश्वास गरीएको छ ।

भोरको स्थापनाकाल देखि हाल सम्मको सहयोग, सहकार्य र सद्भावको लागि हार्दिक धन्यवाद् ।

भवदीय

राज कुमार महतो
संस्थापक अध्यक्ष
११ माघ २०७६


Loading comments...