क्यानडाका गे सिरियल किलर


अबको २५ वर्षपछि अर्थात उनी ९२ वर्षका हुँदा मात्र धरौटीमा रिहा हुन सक्नेछन् । आज क्यानडाका सिरियल किलरको भर्खर किनारा लागेको मुद्धाका बिषयमा लेख्दै छौं जुन बिषय अहिले विश्वमा निकै हल्लीचल्लीको बिषय भएको छ । क्यानडाको गे कम्यूनिटिमा यी सिरियल किलर ब्रुस म्याकअर्थुर निकै भयको बिषयमा रहेका थिए । गत शुक्रबार यिनलाई क्यानडाको अदालतले आजीवन कारावास सुनाएको हो । सन् २०१० देखि २०१७ सम्म यिनले ८ जनाको फस्र्ट डिग्री मर्डर गरेका छन् । क्यानडाको गे भिलेज भन्ने ठाँउसंग सरोकार राख्ने मान्छेहरुलाई छानी छानी यि सिरियल किलरले मारेको बताइन्छ, सन् २०१८ मा यिनी पक्राउ पर्दा ५ जनाको हत्या आरोप थियो र पछि हिरासत र वयानकै क्रममा थप २ जनाको हत्या प्रकरण खुलेको हो ।

म्याकअर्थुर अहिले ६७ वर्षका भए । यि किलर जग्गाजमिनको सतह मिलाउने ठेकेदार थिए र अधिकाशं यिनका शिकारहरु पुराना घरहरु भित्र पाइएको थियो । यि किलरले आफ्ना शिकारको हत्या गरेपछि उनीहरुको सामान र तस्विरहरु आफूसंग राख्ने उन्को कमप्यूटर खोलेर हेर्दाका भिडियो र तस्विरहरुबाट पत्ता लागेको छ । प्रहरीले दशकौं लामो प्रयास पछि यिनलाई समात्न सफल भएको बताइन्छ । जासुस डेभिड डिकिन्सन क्यानडाका चर्चित जासुस हुन र यिनको पनि यस केसको रहस्य खोल्न र हत्यारा पत्ता लगाउन ठूलो भूमिका भएको बताइन्छ । डिकिन्सनले पनि हत्यारा पत्ता लागेपनि उन्को हत्या गर्नु पछाडिको कारण भनें खुलिनसकेको बताँउदछन् । यि किलरबाट हत्या हुने अधिकांशहरु दक्षिण एसिया मुलका क्यानडियनहरु भएको तथ्य देखिन्छन् । अधिकाशं मुसलमान नामका र केहि भारतीय र बगंलादेशी मूलका पनि मान्छेहरुको हत्या गरेको तथ्य पाइएको छ ।

पुलिसहरुले महिनौ पछिको पुराना भग्नावशेष उत्खनन गरेर यि किलरले मारेका मान्छेहरुको अवशेष पत्ता लगाएका छन् । यि किलर आफू पनि गे रहेको र पुरुषहरुकै हत्या गरेको जनाइएको छ । एकजना किन्सम्यान भन्ने पुरुष म्याकअर्थुरका शारीरीक पार्टनर थिए र एकदिन किन्सम्यानलाई म्याकअर्थुरले आफ्नै घरमा बन्दी बनाएर राखेको प्रहरीले भेटाएपछि उनीमाथि प्रहरीले कडा निगरानी थालेको थियो ।

हुन त सन् २००१ बाटै क्यानडि प्रहरीले एउटा झगडा बिषयमा म्याकअर्थुरलाई डाउनटाउन र गे भिलेज आसपास आउनजान रोक लगाएको थियो तर म्याकअर्थुरले सामाजिक सञ्जाल र डेटिगं साइट्सबाट गे भिलेजमा पुरुषहरुलाई आफूतर्फ आकर्षित गरेर भेट्न बोलाएको देखिन्छ । क्यानडाको गे समुदायमा हलचल मचाएका यि सिरियल किलर अब कारावासमा आफ्नो मृत्यु पर्खिनेछन् ।

-लाइभमाण्डु


Loading comments...