vijaya lama

क्याप्टेन विजय लामाको कोरोना अनुभव : भोलिका दिनहरु अझै कठिन छन्


काठमाडौं । क्याप्टेज विजय लामाले हाम्रो लागि भोलिका दिनहरु झनै कठिन भएको बताएका छन् । उनले आफ्नो सामाजिक संजालमा आफ्नो कोरोनाको अनुभव लेख्दै कोरोनाको उपचारमा खटिएका डाक्टरहरुले धेरै कष्ट सहेर उपचारमा खटिएकोमा धन्यवाद समेत दिएका छन् ।

उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्

पिपिइमा सबै एकै देखिन्छन । अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कसैलाइ चिन्न सकेको छैन ! यो कोविडको कहरमा यस्तै हुदो रहेछ ! बिहानको समय ।

वहाहरु सबैले कष्ट सहेर, ज्यान बाजिमा लगाएर हामी जस्ता संक्रमणमा परेकालाइ नया जीवन दिन लाई अहोरात्र खटिएर सेवा पुर्याउनु भएका छन !

घर जान पाउनु हुन्न, दिनमा १२ घन्टाको ड्युटी हुन्छ । पिपिइ दुई चोटि मात्र फेर्न पाउँछन् । तर एकचोटी लगाए पछि लगातार ६–७ घन्टा लगाएर बस्नु पर्छ र त्यो समय न त सौचालय प्रयोग गर्न पाउँछन् न त केही पिउन या खान नै पाइन्छ न त गर्मी भएर छ्याप छ्याप ती पसिना आउदा नै फुकाल्नु मिल्छ ।

यसरी खटिएकाहरुको लागि सरकारले कुनै सुबिधा दिलाउनु सकिन्न ? उल्टै तनखा पनि घटाएर काममा खटाउने ? कुनै बिमा गराउनु पर्दैन ? यो कतिको न्यायपुर्ण छ ?

आज हाम्रो नया जीवन प्राप्तिमा वहाहरुको ठूलो साथ भएको कुरामा दुई मत छैन! आभार छु सबै मेडिकल टिम प्रती ।
बिनोद चौधरी दाइ, डा भोला रिजाल ज्यु, राजेन्द्र बहादुर सिङ भाइ अनि सम्पुर्णमा मेरो आग्रह यो छ कि केही बोलिदिनुस । केही गरिदिनुस वहाँ हरुको लागि । हाम्रा सन्ताननै हुन ।

अन्याय हुन न दिनुस । तनखा (तलब) कटाएर होइन, बडाएर अनि सुबिधा थपेर बल्लियो बनाउन पर्छ । भोलिका दिनहरु कठिन छन अझै ।

जय चन्द्र सुर्य!!

विजय लामाले सोमबार एउटा भ्लग आफ्नो युट्युवमा अपलोड गर्दे कोरोनाको अनुभव समेत राखेका थिए । उस्तो छ उनले बनाएको भ्लग


Loading comments...