क्रिकेट रङ्गशालाका निम्ती ‘छक्का पञ्जा’ टिमको आर्थिक सहयोग


नेपाली फिल्मी क्षेत्रमा निकै नै सफल फिल्म दिन सफल छक्का पञ्जाले नेपाली दर्शकको मन त जितेको छ । नाम र दाम दुवै कमाएको छक्का पन्जाले अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि पनि आर्थिक सहयोगको घोषणा गरेको छ । भरतपुर चितवनमा निर्माण हुन लागिरहेको गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशालाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको हो ।

deepak raj giri

दिपकराज गिरी , केदार घिमिरेले एक स्टाटस लेख्दै सो रकम घोषणा गरेका हुन् । फेसबुकमा केदार घिमिरे लेख्छन् “स्टेडियमहरू सरकारले नै बनाउनु पर्ने हो तर यो गहन ज़िम्मेवारी हाम्रा धुर्मुस सुन्तलीले लिएकोमा हार्दिक बधाइ एबं शुभकामना ।छक्का पन्जा समूहले हाललाइ रू १ लाख ११ हज़ार १ सय ११ रुपैयाँ सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्दछौ।जय क्रिकेट । जय नेपाल” । स्मरण रहोस यसअघि पनि छक्का पञ्जाले फिल्मले सफलता पाएसंगै काभ्रेको पनौतीमा एम्बुलेन्स बितरण गरिसकेको छ ।

deepak raj giri


Loading comments...