क्रिकेट प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजीनामा


काठमाण्डौ, न्यूज नाइन । नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् ।

शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको हो । न्यूज नाइनले ह्वाटमोरको व्यवस्थापक कम्पनी फर्स्ट स्पोर्टस इभेन्ट वानलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि गरेकाे छ ।

हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । यस बिषयमा क्यानलेसमेत आधिकारिक धारणा राखेको छैन ।

ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि ओमानमा रहेको नेपाली टिमको प्रशिक्षण दिइरहेका बेला उनको राजीनामाको कुरा सार्वजनिक भएको हो ।

गत डिसेम्बरमा खुल्ला छनोटबाट १ वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन भएका अनुभवी प्रशिक्षक ह्वाटमोर करिब एक महिनापछि मात्रै नेपाल आएका थिए । ह्वाटमोर नेपाल आएको नौ महिनामा नै छोड्ने निर्णयमा पुगेका हुन् । उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ ।

ह्वाटमोर आएपछि नेपालले पहिलो पटक विदेशी भूमिमा प्रतियोगिता खेल्न लागेको छ । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेको थियो । जसमा नेपाल च्याम्पियन नै बनेको थियो ।


Loading comments...