NRNA logo

खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए तुरुन्त सम्पर्क गर्नु : एनआरएनए


लण्डन । खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए सम्पर्क गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ ।

‘कोभिड- १९’ को महामारीको क्रममा बैदेशिक रोजगारमा बिशेष गरि खाडी मुलुक तथा मलेसिया लगायत बिश्वभरि रहेका नेपालीहरुलाई गैर आबासीय नेपाली संघको बैदेशिक रोजगार विभागले सहयोग गर्ने संघका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

केसीले विहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा जागिर गुमाएको, खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका र मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरुलाई तत्काल संघ समक्ष सम्पर्क गर्न आग्रह गरेका हुन् ।

संघले भिसा सकिएर जरिवाना तिर्न गार्हो परेका, नेपाल फर्कनलाई समस्या भएका र रोजगारदाताले तलब नदिएकोले श्रमिक अदालतमा’ निबेदन दिन बाध्य पारिएका नेपालीहरुलाई सहयोग गर्ने भएको छ ।

त्यस्तो समस्यामा परेका व्यक्तिहरुले स्थानीय गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय मार्फत अथवा गैरआवासीय नेपाली संघको तलको इमेल ठेगानामा सम्पर्क गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली संघले कोरोना भाइरसको विश्वव्यापी महामारी शुरुभए देखि ५० देशमा करिब २ हजार ५ सय स्वयमं सेवक परिचालन गरेको छ । संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक ुकोभिड १९ु उच्चस्तरीय समिति गठन गरेर कोरोना भाइरसबाट पिडितको लागि सहयोग गर्दै आएको छ ।


Loading comments...