खुसी रहन दैनिक यी कार्यहरु गर्नुहोस


स्वस्थ्य जिवन जिउनका लागि खानपानको साथ साथै दैनिक क्रियाकलापमा पनि ध्यान दिनु आवस्यक छ ।

शान्त वातावरणमा रहनुस
शान्त वातावरण मानिसलाइ निकै महत्वपुर्ण मानिन्छ । तपाइ दैनिक आधा घण्टा देखी एक घण्र्टा वगैचामा पनि जान सक्नुहुन्छ । शान्त वातावरणले मानिसको तनाब कम गर्न मद्दत गर्दछ, यस्तो स्थानमा रहनाले मस्तिस्क सक्रिय बनाउन सहयोग गर्नुको साथ साथै स्मरण शक्ति पनि बढाउने कार्य गर्दछ ।

शारिरीक ब्यायाम
शारिरीक ब्यायाम निकै महत्वपुर्ण छ भन्ने कुरा जान्दा जान्दै पनि हामी थोरैले मात्र निरन्तर ब्यायाम गर्र्दछौँ । ब्यायामले मानीसलाइ तन्दुरुस्त, फुर्तिलो, हँसीलो, निन्द्रा भोग जगाउनुको साथ साथै शरिर आर्कषक बनाउन पनि मद्दत गर्दछ ।

परिवार र साथिहरु संग समय विताउनुहोस
मानिस एक समाजिक प्राणी हो, मानिस समाजमै हुर्कन्छ र समाजमै आफ्नो जिवन ब्यतित गर्दछ । परिवार र साथीहरु एक महत्वपुर्ण सम्पत्तिहरु हुन उनिहरुले तपाइँलाइ आवस्यक सहयोग प्रदान गर्ने गर्दछन । एक्लै बस्नाले हृदयघात, मधुमेह र मानसीक तनाव बढाउने कार्य गर्दछ ।

ध्यान गर्नुहोस
ध्यान गर्नाले खुसीमा बृद्धी, मानव जिवनको अर्थ, सामाजिक सत्भाव तथा इमोसन सन्तुलन र डिप्रेसनको कमी गर्ने काम गर्दछ । ध्यान गर्ने मानिसले अरुको कुरा महसुस गर्न सक्दछ ।

भरपुर सुत्नुहोस
मानव जिवनमा निन्द्रा निकै आवस्यक कुरा मध्ये एक हो । एक बयस्क मानिसले दिनमा ८ घण्टा सुत्नु आवस्यक छ । अनिन्द्राले शारिरिक सिथिलता बढाउनुको साथै रोग प्रतिरक्षा प्रणालीमा पनि कमी गर्दछ । निन्द्रा नपुग्नाले मानिसको कार्य क्षमतामा हस हुन्छ, निर्णय क्षमतामा कमि गर्दछ ।

प्रतिबद्धता गर्नुस
सामान्य ज्ञानहरुको बारेमा जानकरी लिनुहोस । कुनै विषय प्रति जिज्ञासु बन्नुस र पुर्ण ज्ञान प्राप्त नभए सम्म लागिरहनुस । यस्ले मानिसलाइ सक्षम र सवल बनाउन सहयोग गर्दछ । कुनै काम गर्नका लागि अठोट गर्नुहोस र पुर्ण गर्नुहोस ।

हाँस्नुहोस

हाँस्नु शारिरको लागि निकै राम्रो मानिन्छ । हाँस्नाले वा खुसी हुनाले शारिरिक सक्षमता बृद्धी हुनुको साथै हृदयघातको सम्भावना पनि कमि गर्दछ । हाँसीलो मानिसको आयु पनि लामो हुन्छ भन्ने विस्वास पनि गरिन्छ । हाँस्नुलाइ भिटामीन जस्तै महत्पुर्ण पनि मानिएको छ ।

आशावादी रहनुस
आशावादी मानिस स्वस्थ्य, खुसी हुनको साथै लामो जिवन जिउन सक्छ । आसावादी हुनाले मानसिक तनाव कम हुनुको साथै सकारात्मक सोचाइको पनि विकास हुन्छ ।

सहयोग लिने दिने गर्नुहोस
सहयोग गर्नाले आत्म सन्तुष्टी प्राप्त हुन्छ । कसैले आँफुलाइ सहयोग गरेको अवस्थामा धन्यवाद दिन नविर्सनुहोस जस्ले सम्बन्धमा मजवुद बनाउँदछ ।


Loading comments...