गाँजालाई वैध बनाउने स्यान्डर्सकाे घाेषाणा


वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट्स तर्फका उम्मेदवार बर्नी स्यान्डर्सले गाँजालाई वैध बनाउने आफ्नो योजना सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको योजना अनुसार सय दिन भित्र गाँजा व्यापारलाई कानुनी दायरामा ल्याउन सकिन्छ ।
गाँजालाई वैध बनाउँदा स्थानीय समुदायले नै यसको फाइदा लिन सक्ने स्यान्डर्स बताउँछन् ।

गाँजालाई ड्रग्सबाट हटाउने विधेयक संसद्बाट पास गर्ने र संघीय सरकारले यसलाई कार्यान्वयन गरेपछि प्रत्येक राज्यले आफ्नो सीमाभित्र फेरि वैध बनाउन अर्को कानुन पास गर्ने योजना उनले सुनाए ।

अहिले अमेरिकाको राजधानी वासिङ्टन डिसी र ११ राज्यमा गाँजा वैध छ । तर, ड्रग्स अवैध भएकाले गाँजाको व्यापारमा अवरोध सिर्जना भइरहेको बताइन्छ ।

संघीय सरकारले गाँजालाई ड्रग्स अन्तर्गत वर्गीकरण गरेकाले यस्तो अवस्था सिर्जना भएको हो । यद्यपी, अहिले पनि अन्य ड्रग्सको तुलनामा गाँजामा कम सजाय हुन्छ । स्यान्डर्सको यो योजनालाई निकै महत्वाकांक्षी ठानिएको छ । (एजेन्सीको सहयोगमा)


Loading comments...