चन्द्रमा कुन देशको ? हिट्लर देखि एलन मस्कसम्मको कुरा


सन् १९६७ बाटको कुरा उक्काउँदै जाँउ, यसै वर्ष संयुक्त राज्य अमेरिका र सोभियत संघले एउटा संझौतापत्रमा चन्द्रमा कुनै पनि एउटा देशको स्वामित्वमा नरहने घोषणा गरेका थिए । कुनै पनि देशले आफ्नो अन्तरिक्ष प्रविधी जतिसुकै राम्रो भएपनि चन्द्रमालाई आफ्नो सम्पति मान्न नपाउने यस प्रावधान त कायम भयो तर चन्द्रमाका बिषयमा निकै कुराकानी र घटनाक्रमहरु चल्दै गए, आजसम्म पनि जुन जारी नै छ । चन्द्रमालाई पृथ्वीवासीले एउटा ग्रहका रुपमा मात्र हेरेका पक्कै छैनन्, पृथ्वीका हरेक कुनामा चन्द्रमाको पर्दापण नभइकन साँझ परेको मानिदैन हैन र ? चन्द्रमालाई पृथ्वीका हरेक धर्म र आस्थाका मानिसले आफ्नै परिभाषा र पकृतिमा मानेका छन् । ग्रिक दर्शनका अनुसार चन्द्रमालाई लुन भनिन्छ र यसै लुन शव्दबाटै चन्द्र मापनलाई लुनार पनि भनिन्छ । ग्रिक दर्शनमा चन्द्रमालाई शक्ति, उत्पादनशीलता, प्रजजन, मानसिकता र उत्साहको पुञ्ज मानिन्छ । हुन त दोश्रो बिश्वयुद्ध पश्चातको हारको कारणले जर्मनका चान्सलर हिट्लर चन्द्रमामा बस्न गएका भन्ने पनि कुराहरु सुनिन्छ तथापि यस्ता कुराहरुको पुष्टि भनें भएको छैन् ।

छिमेकी देश भारतले चन्द्रयान २ को अवधारणा घोषणा गरेपश्चात चन्द्रमाको दक्षिणी सतहमा अवतरण र अन्ववेषणको संभावना रहेको थियो तर अपेक्षाकृत हुन सकेन् । सन् २००८ को चन्द्रयान १ ले चन्द्रमाको सतहमा पानीको अवस्थितीका बिषयमा गहकिलो जानकारी दिएको थियो ।

चन्द्रमाको दक्षिणी तट तहहरु र सुख्खापनमा गाँजिएको छ, अन्वेषण कार्यक्तम यसै कुराले चुनौतिमय हुन जान्छ । तथापि यस क्षेत्रमा नाइट्रोजन, पानी लगायत बिभिन्न मिनरलहरु प्रशस्त रहेको प्रारम्भिक अनुमान छ । यता सन् १९६७ को संझौताका सदस्य दुई शक्तिराष्ट्रहरु अमेरिका र रुस पनि यस विषयमा मौन छैनन् । अमेरिका चन्द्रमामा आफ्नो अन्तरिक्षयात्रीहरु पठाउन चाहन्छ भनें रुस अहिले लुना २५ सौं अभियानको तयारीमा अहोरात्र खटिएको छ ।

उता चीन पनि चन्द्रमाको दक्षिणी क्षेत्रमा भिमकाय बैज्ञानीक अध्ययन केन्द्र बनाउने अभियानमा लागेको देखिन्छ । अब सन् १९६७ को जस्तो समय छैन किनभनें ससाना देहरु जस्तै ईज्रेल, दक्षिण कोरिया लगायतहरु पनि चन्द्रमा अन्वेषणमा उत्सुक देखिन्छन् । अमेरिका, रुस र चीन पश्चात चौथौं देशमा ईज्रेल पर्दछ जस्ले चन्द्रमामा आफ्नो विशेष लगानी र उत्सुकता जाहेर गरेको छ । यस वर्षको शुरुवातमा ईज्रेलको चन्द्र मिसन फेल भएको हो र भारतको चन्द्रयान २ को ढिलाई पछि यस चन्द्रमा अन्वेषण मिसनमा अन्य देशको केहि सुस्तता भनें देखिएको हो ।

कुरा साना देशहरु मात्र नभई धनाढ्य र ठूला ठूला कम्पनीका मालिकहरुको चन्द्रमाको बिषयमा भएको धारणा पनि हो । अमेजनका संस्थापक जेफ बिजोस र उता एलन मस्क जस्ता प्रभावशाली ब्यापारीहरु पनि चन्द्रमालाई आफ्नो बनाउन लागिपरेका देखिन्छन् । केहि आधिकारिक वेबसाइटहरुले त चन्द्रमाका जग्गा प्लटिगं र बेचबिखन पनि शुरु गरेका देखिन्छन् । के अब चन्द्रमा बिक्रि हुने छ त ? के हिट्लर बास्तवमै चन्द्रमा गएका थिए त ? चन्द्रमामा मानव बस्ती संभव साच्चै छ त ?
चन्द्रमाका बिषयका प्रश्नहरु केवल चन्द्रमालाई मात्रै थाहा छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...