चर्चित अभिनेत्रीले प्लास्टिक सर्जरी गराउँदा नाकको भयो यस्तो हाल


काठमाडौं। चीनकी चर्चित अभिनेत्री गाओ लियुले आफूसँग भएको त्रासदीपूर्ण घटना फ्यानहरुसँग शेयर गरेकी छिन् । २४ वर्षकी लियुले केही समय पहिले आफ्नो नाकको प्लास्टिक सर्जरी गराएकी थिइन् तर यो सर्जरीको उनले ठूलो मूल्य चुकाउनु परेको छ । लियुले चीनको सामाजिक संजाल वाइबोमा आफ्ना तस्वीरहरु शेयर गरेही छिन् । यो प्लेटफर्ममा लियुका १ मिलियन भन्दा धेरै फलोअर छन् ।

चीनका कैयौं फिल्म र टिभी शोमा काम गरिसकेकी लियुले पोस्टमा आफूले ग्वान्झाउ शहरको एक क्लिनिकमा प्लास्टिक सर्जरी गराएको बताएकी छिन् । उनकी एक साथीले उनलाई क्लिनिकका प्लास्टिक सर्जनसँग भेटाएकी थिइन् । यो सर्जरी ४ घण्टासम्म चलेको थियो । तर, उनलाई पटक्कै अनुमान थिएन कि यो ४ घण्टापछि उनको अगाडि ठूलो संकट आउनेछ । उनले यो सर्जरीपछि आफ्नो लुक राम्रो हुने र फिल्ममा काम पाउने सम्भावना बढ्ने अपेक्षा गरेकी थिइन् तर त्यसको ठिक उल्टो भयो ।

उनको नाकमा संक्रमण भयो जसका कारण उनले कैयौं फलो अप सर्जरी गराउनु पर्यो । अभिनेत्रीले पछिमात्र थाहा पाइन् कि प्लास्टिक सर्जरी गर्ने यो अस्पताल नाकको सर्जरीको लागि अनुमति प्राप्त थिएन । संक्रमण भएपछि उनी २ महिनासम्म एक अस्पतालमा भर्ना हुनुपर्यो । उपचारको लागि उनले ४ लाख युआन (७२ लाख नेपाली रुपैयाँ) खर्च गर्नुपर्यो । यसका अलावा करिअरका कैयौं सम्झौता समेत तोड्नुपर्यो जसका कारण उनलाई झण्डै १८ लाख युआन (३ करोड २५ लाख रुपैयाँ) नोक्सानी भयो ।

अहिले लियु प्लास्टिक सर्जरी गर्ने क्लिनिकसँग आफ्नो क्षतिपूर्ति लिनको लागि प्रयासरत छिन् । चीनको मार्केट रिसर्च फर्म आइआइ मिडियाका अनुसार प्लास्टिक सर्जरीको बजार अहिले चीनमा अत्यन्तै बढिरहेको छ । गत वर्ष मात्रै चीनमा करिब १ करोड ५० लाख मानिसहरुले प्लास्टिक सर्जरी गराएका छन् । बढ्दो मागका कारण कैयौं अयोग्य क्नििकहरुले समेत यो संवेदनशील सर्जरी गर्ने गर्छन् जसका कारण कैयौं सेवाग्राहीहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।


Loading comments...