चितवनमा निषेधाज्ञा, युवराज कँडेलको बयान शुरु


काठमाण्डौ, ८ भदौ २०७६ । हजो साँझ स्थानीय प्रशासनले आज हुने अदालती प्रकृयाका लागि सुरक्षा सावधानी अपनाउँदै चितवनमा निषेधाज्ञा जारी गरेको छ । यसैसाथ पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दामा आज पत्रकार तथा लोकप्रिय टेलिभिजन शो “सिधा कुरा जनतासंग”का प्रड्यूसर युवराज कँडेलको बयान शुरु भएको छ भने आजै यदी बहस लम्बिएन भने चर्चित पत्रकार रवी लामीछानेसंगको बयान पनि लिईने जानकारी प्राप्त भएको छ ।

सार्वभौम नेपालले संविधान, लोकतन्त्र, स्वतन्त्रता र सामन्तीबाट मुक्ति पाउन निकै समय लगायो, बहुमतको सरकार र स्थाहित्वसँगै नेपालमा केहि यस्ता घटना घटेका छन् जस्ले जनताको विधीको शासनसँगको सम्बन्ध नै तितो बनाइदिएको छ ।

शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा परी चितवनमा अनुसन्धानका लागि लगिएका पत्रकार रवि लामीछानेको हिरासत पछिका घटनाक्रमहरुलाई नियाल्दा सरकार स्वंयम पूर्वाग्रहका साथमा उभिएर न्यायलाई पन्छाउदै षडयन्त्रलाई अपनाएको धेरै नेपालीहरुको तर्क छ । त्यसैले त होला कालिकोटदेखि कपनसम्म अनि नारायणीदेखि अरुण खोलका अनि लिखुका किनारासम्म नेपालीजन न्याय र पारदर्शिताका लागि सडकमा आएका छन् । सम्भवत तेश्रो जनआन्दोलन पछिको सर्वाधिक ठूलो जनसागर उत्रिएको यस घटनाहरुमा गुठि विधेयक बिरुद्धको प्रर्दशन, निर्मला पन्तको न्यायका लागि प्रर्दशन, डाक्टर केसीको अनशनको समर्थनको जनसागर र रवी लामीछानेको लागि न्यायको प्रर्दशन पर्दछन् ।

एउटा व्यक्ति विशेषका लागि नेपालीजनको यो समर्थन कतै सरकारतर्फ प्रश्नवाचक चिन्ह तेर्सिएको त हैन ?

चितवनमा राखिएका रवीको न्याय र कानुनी पारदर्शिताका लागि जनसागरको ओईरो लागेपछि चितवन प्रशासनले सुरक्षाको कारण देखाउँदै हिजै निशेधाज्ञा जारी गरेको छ । जनताको मतलाई पन्छाँउदै पूर्वाग्रहलाई जारी राख्न कतै यो निषेधाज्ञा दमनको स्वरुप त हैन । हरेक दिन जनताको न्याय, सुशासन र सरकारको उपस्थितीप्रतिको विश्वास घट्दो छ, हेरौं यस निषेधाज्ञामा के के हुनेछ ?

जिल्ला प्रशासन कार्यालय चितवनको नाममा हिजो जारी विज्ञप्तिमा लेखिएको छः
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३क बमोजिम महानगर १० को पूर्व, पश्चिम, उत्तर र दक्षिणका केही क्षेत्रमा सो आदेश जारी गरिएको छ । जसअन्तर्गत पूर्वको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमको पूर्व पश्चिम लोकमार्गको गण्डकी अस्पतालदेखि चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ ।

त्यस्तै उत्तरतर्फको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यलयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक,नारायाणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम राजमार्गको चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ भने दक्षिणमा बाइपास सडकको घरेलु कार्यालयको चोकदेखि दुरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म सो आदेश जारी गरिएको छ ।


Loading comments...