चितुवाको आक्रमणबाट बालिका घाइते


तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परि एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका-२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् ।

शनिबार साँझ ६ बजेको समयमा छिमेकीको घरमा चार्ज गरेको मोबाईल लिन जाँदा बालिकालाई एक्कासी चितुवाले आक्रमण गरेको स्थानिय बताउँछन । घर भन्दा पछिल्तिर चितुवाको आक्रमणमा परेको थाहा पाई नजिकै रहेका उनका दाइ प्रकाश नेपालीले चितुवासंग सोनिया लाई खोसेर बचाएका थिए । चितुवाको आक्रमणबाट बालिकाको घाँटीको दुबै तर्फ चोट लागेको छ । उनको लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको उनका आफन्त बताउँछन ।


Loading comments...