जनवरी १ मा ‘पोशाक समारोह कार्यक्रम’ हुदै


नेपाली मौलिकता र संस्कृतिको संरक्षणार्थ यही आउँदो अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात पुष १७ गते राष्ट्रिय पोसाक संरक्षण महाअभियानले औपचारिक राष्ट्रिय पोसाकको मागस्वरुप एक कार्यक्रमको आयोजना गरेको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना गरिएको कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथि रहनेछन ।

२०६८ साल देखि नेपालको रास्ट्रीय पोशाक हटाइएको थियो र औपचारिक पोशाक हुनुपर्छ भनी बिभिन्न कार्यक्रम गर्दै आएको उक्त कार्यक्रमका अभियान्ता विबश घिमिरेले जानकारी दिए । औपचारिक राष्ट्रिय पोसाक घोषणाको लागि विभिन्न राजनीतिक दल लगायत सरकारका विशिष्ट व्यक्तिहरुलाई समेत ज्ञापनपत्र बुझाएको उक्त संस्थाले अर्को सशक्त कार्यक्रमस्वरूप यो कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलको प्रतिनिधि,नागरिक अगुवा,समाजसेवी,कलाकार,पत्रकार ,विश्लेषकको बाक्लो उपस्थिति रहने आयोजकले जानकारी दिएको छ। बिगतमा पौष १७ गते प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाउदै आएकोमा यस बर्ष देखि बैशाख १ गते पोशाक दिवस कार्यक्रम मनाउने तयारी रहेको छ ।


Loading comments...