जहाजहरु नउडेकाले मौसम पूर्वानुमानमा वाधा


कोरोना असरले विश्व पूरै बन्द छ, सिभिलियन जहाजहरु नउडेकाले मौसम पूर्वानुमानमा वाधा पुगेको भारतको आइ एम डी ईण्डिया मेटेरियोजीकल डिपार्टमेन्टले जनाएको छ । यसवर्षको मनसुनको पूर्वानुमान लगाउने समय निकट आइसकेको छ यद्धपि त्यसको पूर्वानुमानमा समस्या भइरहेको छ ।

जहाजहरुले माथिल्लो वातावरणमा हावाको चाप, दिशा अनि तापक्रमका जानकारीहरु मौसम पूर्वानुमान शाखामा पठाँउदछन्, यसरी जहाजहरु नउडेपछि माथिल्लो आकाशको वातावरणमा तापक्रम र वायूको दिशा थाहा पाउन अफ्ठेरो भएको आइडिबीको बिज्ञप्तीमा बताइएको छ । आइडीबीका मुख्य अफिसर डिएस पाई का अनुसार जहाजहरुले पठाएका डाटाहरु सुपर कम्प्यूटरले पाएपछि मात्र प्रशाोधन गरि आगामी केहि दिनको मौसम दुरुस्तै पूर्वानुमान गर्न सकिन्छ, जुन अहिले जहाजहरु नउडेकाले अफ्ठेरो परेको अवस्था छ ।
यद्धपी मनसुनको पूर्वानुमान भनें दिर्घकालिन डाटाहरुको प्रशोधन भएकाले त्यसमा खासै फरक नपर्ने पाई ले बताए । मार्च २४ बाट भारतमा सबै जहाजहरु ग्राउण्डेड छन्, सिभिलियन जहाज र रुटीन फ्लाइटहरु ठप्प छन् , विश्वका सबै विमानस्थल, विमानसेवा कम्पनी र पर्यटकीय थलोहरु ठप्प छन् ।

लाइभमाण्डु


Loading comments...