जिसस तमिल ब्राह्मण थिए भनी लेखिएको एक भारतीय पुस्तक


भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीको राजनैतिक आधार र संरचनामा बिशेष भूमिका राख्ने एउटा संगठन छ, हिन्दु स्वयमसेवक संगठन । यसलाई छोटकरीमा आरएसएस भनिन्छ । यस आरएसएसमा ५ जना स्थापनाकालिन सदस्यहरु छन् । जसमध्येका एक हुन् गणेश सर्भारकर । उनले आजभन्दा ७० वर्ष अघि ‘क्राइस्ट परिचय’ पुस्तक लेखेका थिए । अहिले पुन: एकपटक यस पुस्तकको चर्चाले भारतमा निकै खैलाबैला मचाएको छ र यसको कारण हो, ‘७० वर्षपछि यसको पुनःप्रकाशन ।’

Sponsored | Pulsar DARE VENTURE IV BEYOND BORDERS

यो पुस्तक मराठी भाषामा लेखिएको थियो । जसमा ईसाई धर्मका प्रवर्तक जिसस क्राईस्टलाई हिन्दु धर्मावलम्बी भनी उल्लेख गरिएको छ । जिसस तमिल ब्राह्मण परिवारमा जन्मिएका अनि हिमालयमा उनी योग र तपस्या गर्न आउँदा शिवको साधना गरेको यस पुस्तकमा उल्लेख गरेको पाईन्छ । उतिखेर अहिलेको मध्यपूर्व क्षेत्र पनि सनातन धर्मावलम्बी भएको पुस्तकले धेरै प्रमाण र संग्रह प्रदान गरेको छ । लेखकका भाईले नेशनल मेमोरियल नामक संस्थासंगको सहकार्यमा यस पुस्तकको पुन:प्रकाशन गरेका छन् । पुस्तकमा जिससको बास्तविक नाम केशाओ कृष्ण भएको तथ्य छ, डार्क कम्पेशन भएका जिससको मातृभाषा तेलगु भएको लेखकको तर्क छ ।

नेशनल काँग्रेश अफ ईण्डियन क्रिस्चियनले पुस्तकलाई रोक लगाउने निर्णय गरेको छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्
जीवनका नियमहरुः शास्त्रार्थ


Loading comments...