“जीवन बदल्ने १० विश्वप्रसिद्ध भनाईहरु”


काठमाडौं ।  जीवन के हो ? जीवनलाई सहज र आदर्शवान कसरी बनाउने ? जीवनलाई बुझेर कसरी अगाडि बढ्न सकिन्छ ? सफल जीवन कसरी जिउने ? के गर्दा सफल र महान बन्न सकिन्छ ? जीवनमा के गर्याे भने सफलता प्राप्त हुन्छ ?

यस किसिमका प्रश्नहरु हाम्रो मन मस्तिष्कमा सधैँ जसो आइ नै रहेका हुन्छन् । तर, हामीलाई त्यसको उपाय जति दिमाग खियाए पनि मिल्दैन। हरेक मानिसलाई सफल बन्नु छु । ऊ भन्दा म केे कम। त्यसैले त हामी हरूको मनमा कति धेरै शव्दहरू कुराहरू खेलिरहेका हुन्छन्।

सोच्दा सोच्दै हाम्रो शरीरबाट पसिना आउन थाल्दछ तर हामीले सफल बन्न र जीवनलाई सफलता तिर डोहोर्याउन के के गर्नुपर्दछ भन्ने प्रश्नको जवाफहरू यहाँ उत्कृष्ट दस भनाइहरू बाट पाउन सकिन्छ।

तर तिनै समस्याको समाधानका लागि विश्वप्रसिद्ध व्यक्तिहरुले हामीलाई सहज बनाएका छन् । यी भनाइलाई अनुसरण गर्दा हामीलाई धेरै फाइदा पुग्दछ ।

१. जुन काम तिमी आज गर्न सक्दछौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड । -वेन्जामिन फ्रेंकलिन

२. ज्ञान नै शक्ति हो । -फ्रान्सिस बेकन

३. आफू नै त्यो परिवर्तन बन जुना तिमी संसारमा देख्न चाहन्छौ । -महात्मा गान्धी

४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । -मार्क ट्वेन

५. त्यो काम दिनहु जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि जिन्दगीभर एकदिन पनि काम गर्नुपर्ने छैन । -कन्फ्युसियस

६. असम्भव भन्ने शब्द मेरो शब्दकोषमा छैन । -नेपोलियन बोनापार्ट

७. जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । -शिव खेडा

८. लडाइमा आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ । -मार्क ट्वेन

९. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरिया कर्म । -अलेक्जेण्डर पोप

१०. तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन । -इलेनोर रुजवेल्ट।


Loading comments...