जेरुसलेम किन महत्वपूर्ण छ ?


दक्षिण एसियामा कश्मिर, मध्यपूर्वमा जेरुसलेम अनि उता मेक्सिको अमेरिका लगायत धेरै देशहरुमा सिमा बिवादको समस्या छ , यी ठाँउहरुमध्य सबैभन्दा मुख्य विवादित तर आस्थाको केन्द्र हो जेरुसलेम , अब्राहमीक धर्महरु जस्तै यहुदि, मुसलमान अनि इसाईहरुको आस्थाको केन्द्र यो शहर अनि सिमाबारे केहि ऐतिहासिक कुरा, अनि केही आजभोलीका कुरा गर्न जाँदैछौं ।

सन् १९४७ को संयूक्त राष्ट्रसंघीय योजना मुताबिक जेरुसलेमलाई एउटा स्वतन्त्र शहर घोषणा गरिने अनुमान गरिएको थियो । तर त्यसको १ बर्षपछि इज्रेलको स्वतन्त्रता घोषणा पछि जेरुसलेमको स्वतन्त्र शहरको घोषणा त्यसै तुहिएर गयो र जेरुसलेम शहर बिभाजीत भयो । सन् १९४९ मा हरियो मसीले शहरलाई बिभाजन रेखाले बाँढियो जसलाई अहिलेपनि हरियो लाइन नै भनिन्छ । पश्चिमी भाग इज्रेलको नियन्त्रणमा अनि पूर्वी जोर्डन नियन्त्रणमा । सन् १९६७ को युद्धमा इज्रेलले पूर्वी जेरुसलेम पनि ६ दिनको युद्ध पश्चात कब्जा गर्यो । जेरुसलेमलाई अहिले आएर प्यालेसटाइनले आफ्नो भूभाग दावी गर्दछ भने इज्रेलले आफ्नो र यसै घनघोर बैमनस्यता बिच अमेरिकी राष्ट्रपती ट्रम्पले सन् २०१७ डिसेम्बर ६ मा इज्रेलको राजधानी जेरुसलेम भएको र अब अमेरिकी दुतावास पनि तेल अबीबबाट जेरुसलेममा सार्ने निर्णय समेत गरेका थिए जुन पछि गएर संयुक्त राष्ट्रसंघ सदस्यहरुले रुजु गरेनन् । नेपालले पनि यस प्रस्तावको विरोधमा मतदान गरेको थियो र यसरी ट्रम्पले यस निर्णय प्रस्तावमा हार खाएपछि अमेरिका सरकारको संयुक्त राष्ट्रसंघकी दुत निकी हेलीले बडो कठोर र प्रस्तावमा असहयोगी राष्ट्रहरुलाई पेच पर्ने अभिव्यक्ति पनि दिएकी थिइन् । त्यसपछि जेरुसलेमको बिवाद झन चुलीमै पुगेको छ । हजारौं प्यालेस्टाइनी आन्दोलनकारीहरु मारिइसकेका छनभने हजारौ घाइते छन् । सडकमा अमेरिकी निर्णयको बिरुद्ध हजारौं आन्दोलनकारीहरु उत्रिएका छन् । स्तानाबुल, जर्काता, कराँची, शिकागो अनि टोकीयो सम्म यी बिरोध र्याली र प्रदर्शनहरु भइरहेका छन् । यी प्रदर्शन र बिरोधमा अमेरिकी राष्ट्रपती बिरुद्ध नारावाजी हुने गरेका छन भने जेरुसलेम प्यालेस्टाइनको भन्ने नाराहरु पनि सुनिन्छन् । जेरुसलेम अब सिमामात्र नभई एउटा धर्म अनि सम्प्रदायको आँचको आवाज र युद्ध पनि भइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् . डिसेम्बर १४ सन् २०१७ बाट इज्रेलले भयंकर मिसाइल, रकेट, लन्चर आदि हमास आतंककारीको निशानालाई केन्द्रबिन्दु बनाएर प्रहार गरेको छ । अहिले यि आक्रमणहरु केहि मत्थर भएपनि बेलाबेलामा बिवाद चुलिने गर्दछ ।

जेरुसलेम किन महत्वपूर्ण छ ?
बिश्वका ३ वटा ठूला अब्राहामीक धर्महरु क्रिस्चियन, मुसलमान अनि जुडीस्म अर्थात यहुदीधर्मको पनि धार्मीक केन्द्रबिन्दु यहि शहर भएकाले यस शहर संवेदनशील र महत्वपूर्ण छ । ईशापूर्व १८०० मा अब्राहामले आफ्ना पुत्र इशाकको झण्डै बलिदान दिएका र सो नगर्नका लागि भगवान स्ययम आएर जेरुसलेमकै धर्तीमा भन्नुभएको बिश्वास गरिन्छ । यसअर्थमा ईस्लाम, जुडीस्म अनि क्रिस्चियन ३ वटै धर्ममा जेरुसलेमलाई बाचा गरिएको धर्तीक रुपमा लिइन्छ । बाईबल समयमा पनि जेरुसलेममा जान नसक्नेहरुले प्रार्थना गर्दा जेरुसलेम तर्फ फर्केर गर्दा भगवानले प्रार्थना सुन्ने बिश्वास रहेको पाइन्छ । यहुदीहरुले पनि कहिकतै बिदा हुनुपरेमा बिश्वको जुनै कुनामा भएपनि अर्को बर्ष जेरुसलेममा भेटौला भन्ने चलन शदियौं देखि छ ।

जेरुसलेममा को बस्दछन् ?
लगभग ८ लाख ५० हजार जना जेरुसलेममा बस्दछन् । यिनमा ३७ प्रतिशत अरबी छन् भने ६१ प्रतिशत यहुदी छन् । यी डाटाहरु हामीले इन्डीपेन्डेन्ट थीकं ट्याकं जेरुसलेम इन्सटिट्यूटबाट साभार गरेका हौ । यहुदी जनसख्याँमा करिब २ लाख कडा अर्थोडक्स यहुदीहरु छन भने बाँकी धर्म निरपेक्ष अनि मध्यमधारका यहुदीहरु हुन् । बाँकी अरबी जनसख्याँमा ९४ प्रतिशत मुसलमान र ६ प्रतिशत क्रिस्चियनहरु छन् । इज्रेलले अमेरिकाको दुतावासका लागि सन् १९८९ मा जेरुसलेममा ९९ बर्षका लागि जग्गाको टुक्रा प्रतिबर्ष केवल १ डलरमा भाडामा लिएको थियो । यो जग्गाको टुक्रा आज २८ बर्षपछि पनि उस्तै छ ।

यहुदीका लागि किन महत्वपूर्ण छ जेरुसलेम ?
ईशापूर्व ५८६ मा बेबीलोनीयन्सहरुले जेरुसलेम शहरनै ध्वस्त पारेकामा रोमनहरुले पून यस शहर बनाएका हुन् । २००० बर्ष दुशनिकाला भएका यहुदीहरुले हजारौं बर्षसम्म जेरुसलेमलाई पुस्तौंपुस्ताको हृदयमा राखेका हुन् , यस्तै रितले यहुदीहरुको अथक प्रयासले नै सन् १९४८ मा नयाँ यहुदी राष्ट्रका रुपमा इज्रेल घोषणा भएको हो ।

क्रिस्चियनका लागि किन महत्वपूर्ण छ जेरुसलेम ?

यता क्रिस्चियनहरुमा पनि बेथलेहम जिससको जन्मथलो हो भने नजारेथमा जिसस हुर्किएका हुन् । लियोनार्दो दा भिन्जीले चित्रण गर्न खोजेका लास्ट सपर अर्थात अन्तिम रात्रिभोज पनि जिसस पक्राउ पर्न अघि जेरुसलेममै भएको तथ्य छ ।

ईस्लामका लागि किन महत्वपूर्ण छ जेरुसलेम ?

अरबी भाषामा जेरुसलेमको अर्थ पवित्र शहर हुन्छ, ईस्लाम प्रार्थनाको पनि दिशा पनि जेरुसलेम नै हो र पछि गएर मक्का तर्फ हेरेर प्रार्थना गर्ने चलन शुरु भएको हो । ईस्लामलाई अब्राहम परिवारको धर्मको निरन्तरताका रुपमा लिइन्छ र अब्राहम परिवारका सम्पूर्ण धर्मको धरोहर नै जेरुसलेम शहर हो । ईस्लामीक शाषकहरुले जेरुसलेममा १२ सय बर्ष शाषन गरेका हुन् । ईस्लामको मुख्य तिर्थस्थल मध्य एक सोलोमनको मन्दिर पनि जेरुसलेममै रहेको छ । ईस्लाम परम्परामा मोहम्मदले मक्काबाट जेरुसलेमसम्म यात्रा सकाएरसात स्वर्गतर्फ यात्रा तय गर्नुभएको हो ।

जेरुसलेमको बिवाद आजकोे बिश्वको सबैभन्दा ठूलो अनि जोखिमपूर्ण बिवाद हो । अब अमेरिका पनि यस बिवादमा प्रत्यक्ष रुपमा तानिएको छ, अब इज्रेल र प्यालेस्टाइनको जेरुसलेम बिवाद सिमा बाहिर गएको छ । भौगोलिक भन्दा पनि धार्मीक अनि पहिचानको युद्ध भएको छ ।

शिघ्रानुशिघ्र यस समस्याले हल पाओस् ।

लाइभमाण्डु


Loading comments...