टर्कीमा सुफी संगित सुनाएर अस्पतालमा बिरामीको तनाव घटाइन्छ


ईस्तानावुलको मेमोरियल अस्पताल हेर्दा अन्य अस्पताल झैं आधूनिक र आलिशान त देखिन्छ तर त्यहाँका आवाजहरु चाँही अस्पताल जस्तो पटक्कै लाग्दैन । डाक्टर बिन्गुर सोनवेज त्यस अस्पतालमा विगतका ३० वर्षदेखि कार्यरत हृदयरोगका सर्जन हुन तर यिनी त्यस्का साथै सुफी संगितका बाधबाजक पनि हुन् । उनी आइसीयूमा आफ्नो टीमले बिरामीहरुको तनाव र दुख्ख घटाउन सुफी संगित बजाउने गरेको बताँउदछन्, शताब्दीऔं अघि जब यूरोपियनहरु मानसिक रोगका कारणले रोगीहरुलाई ज्यूँदै जलाइरहेका थिए उतिखेर ओटोमान साम्राज्यका शाषकहरुले यस रोग लाई निस्तेज पार्न फरक उपाय अवलम्बन गरिरहेका थिए सोनवेजले बताए ।

एनेस्थेसियाका डाक्टर ईरोन क्यानका अनुसार हृदयको गति अति बढि भएका बिरामीहरुको अघि सुफी संगित बजाँउदा केहि बेरमै उनीहरुको हृदयको गति ओखती नलिइकन नै घट्ने गर्दछ । २२ जना हृदयरोगीहरुमा यो परीक्षण गरिँदा संगितले १५ प्रतिशत सम्म उनीहरुको रक्तचाप सिस्टोलीक र डायस्टोलीक दुबै कम भएको पाइयो, यसका साथै उनीहरुको रगतमा चिनीको मात्रा, श्वासप्रश्वास गति सबैमा उल्लेखनीय सुधार आएको क्यानले बताए ।

एन्जाइटीमा संगितको भूमिका निकै धेरै रहने डाक्टरहरुको ठम्याई छ, उनीहरु रेर्कडेड संगित भन्दा प्रत्यक्ष बजाएर नै परम्परागत उपचार पद्धतिलाई पूर्नजिवन दिन चाहन्छन । टर्कीश परम्परामा यि पद्धतिलाई माकाम भनिने रहेछ । यो खबर हामीले पीआरआई डट ओआरजी बाट साभार गरेका हौं ।

लाइभमाण्डु


Loading comments...