telivision

टिभी का बारेमा ८ गज्जबका तथ्यहरु


पक्कै पनि तपाइँहरु सबैजनाको घरमा टिभी त छदै छ होला हैन ? अझ ब्लाक एंड ह्वाइट टेलिभिजनमा गाउँभरिका सबै मान्छेहरु भेला भएर समाचार र टेलिफिल्म हेरेको सझना पनी त अझै मानसपटल अझै ताजा नै हुनु पर्छ। समय बदलियो समय संगै टेलिभिजनमा पनि बदलाभ आयो । अहिले त ति ठूलो डब्बामा कालोसेतो रंगमा आएकी टिभी अब त पातली, मुलायम अनि अझ कुसुमी बैसमा भए झैं पनि लाग्दछ । अप्रिल महिनाको ३० तारिख सन् १९३९ अर्थात आजभन्दा लगभग ७७ बर्षअघि बिश्व व्यापार मेलामा सर्वसाधरण ले बाकस भित्रवाट तस्वीर र आवाज सुनेका हुन्, पछि त्यही बाकस अर्थात टिभी अहिलेसम्मकै अत्यन्त रुचाइएको आविष्कार बन्न पुग्यो । आजसम्म आइपुग्दा लगभग हरेक मान्छेसंग एक न एक स्क्रीन छ जसवाट टिभी हेर्न सकिन्छ । तथापि हामीले टिभीका बारेमा धेरै कुरा थाहा पाउन जरुरी छ ।

आउनुहोस् टिभीका बारेमा बिश्वले नजानेका केही तथ्यहरु आज उक्काउन चाह्यौं ।

१. सन् १८८४ मै जर्मनले टिभी आविष्कार गरेर पेटेन्ट आविष्कार अधिकार लिएको छ । सन् १९२८ बाट सर्वसाधरण लाई बिक्रि र प्रयोगका लागि टिभी लाई ल्याइएको हो । यस तथ्य अनुरुप टिभीको जन्म भएको १३७ बर्ष भइसकेको छ ।

२. बिभिन्न अध्ययनका अनुसार कुनै पनि वयस्क ब्यक्ति ६५ बर्षको उमेर सम्म पुग्दा कम्तीमा पनि २० लाख वटा टिभी बिज्ञापनहरु हेरिसकेको हुनेछ ।

३. सन् १९३८ ताका अमेरिकी डलरको हिसाबमा १२ ईन्चको सामान्य टिभीलाई डलर ४४५ डलर अर्थात अहिलेको ७२०० डलर भन्दा धेरै तिर्नपर्ने हुन्थ्यो । यो रकम अहिलेको नेपाली रकमका हिसाबले रु ८० हजार हाराहारीमा पर्न आँउदछ ।

४. सन् १९५० मा प्रथम पटक जेनिथ कम्पनीले टिभी रिमोट ल्याएको हो । स्मरण रहोस् त्यस रिमोटलाई तारको सहारामा टिभी संग जोडिएको थियो । पछि ५ बर्षपछि तारबिहिन रिमोट बजारमा आएको हो । बिभिन्न वेबसाइटवाट रिमोट आएपछि सन् १९५० ताकाको कम्पनीको पत्रिकाको बिज्ञापनको पाना ल्याएका छौं ।
तस्वीर हेर्नुहोला

५. सन् १९०७ देखि यस आविष्कारलाई अग्रेजी भाषामा टेलिभिजन भनिएको हो र केवल सन् १९८४ बाट मात्रै यसको छोटो रुप टिभी प्रयोगमा आएको हो ।

६. दोश्रो बिश्वयूद्ध ताका बिबिसी टिभी सेवा ७ बर्षसम्म बन्द भएको थियो । बेलायत ले जर्मन बिरुद यूद्ध घोषणा गरेपछि मिक्की माउस कार्टुन प्रशारण भइरहेको टिभी बन्द भएको थियो जसन ७ बर्षपछि सन् १९४६ मा मात्र खुलेको हो । यसरी ७ बर्षपछि खुल्दा सोही कार्टुनको बाँकी अशं प्रशारण गरेर बिबिसी पूर्नप्रशारण गरिएको हो ।

७. सोनी कम्पनीले सन् १९८२ मै खल्तीमा राख्न मिल्ने टिभी निर्माण गरेको थियो । र्दुभाग्यवश यो आविष्कार अस्पष्ट र धेरै सानो स्क्रीन भएका कारणले बजारमा चल्न सकेन् ।

८. औसत मान्छेले आफ्नो जिवनकालको लगभग १० बर्ष समय टिभी हेरे बिताउने गर्दछ भन्ने बिभिन्न अध्ययनहरु ले देखाएको छ ।


Loading comments...