इभान विलियम्स

टि्वटरका सहसंस्थापक इभानको राजीनामा


सामाजिक सञ्जाल टि्वटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । आफू अरु नै काममा व्यस्त हुनपर्ने भएकाले राजीनामा दिएकाे बताएका छन् ।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म टि्वटरको प्रमुख कार्यकारी अधिकृत थिए।

विलियम्सले सन् २०११ मा टि्वटर छाडेपनि कार्यसमितिका सदस्य भने थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी टि्वटमा विलियम्सले टि्वटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् ।

-एजेन्सी


Loading comments...