टीकटक किन ब्यान हुँदैछ ?


पहिले म्यूजीकली एपका रुपमा बहुतै चर्चा पाएको यस एप पछि गएर टीकटक हुन पुग्यो । मान्छेहरुको अभिनय गर्ने चाह र राम्रो देखिने ईच्छालाई टीकटकले एकैफेर सम्वोधन गरिदियो । साना साना भिडियो बनाएर अरुहरुलाई मनोरञ्जन दिने यस एपलाई विश्वभरिका धेरैले मनपराए । भर्खरै भारतमा टीकटक ब्यान गरियो भनें नेपालमा पनि पबजी खेलको ब्यानका साथै अब टीकटक ब्यानका कुराहरु चलिरेहका छन् । हरेक मान्छेहरुलाई भिडियोमार्फत टीकटकले आफ्नो सपना बाँच्ने मौका दिएको थियो, बिभिन्न फिल्टरहरु प्रयोग गरेर सबैलाई राम्रो देखाउन सक्ने यस एपले धेरै सेलिब्रेटीहरु पनि जन्माएको छ । १५ सेकेण्ड सम्मको भिडियोमा आफ्नो झुठो सपना बाँच्न दिने भिडियोहरुमा टीकटक एउटा लत नै भएको छ । भारतमा यस एप ब्यान हुनुमा यस एप चाईनीज उत्पादन रहेको र भारतले आफ्नै उत्पादनलाई अघि सार्न यसो गरेको भन्ने तर्कहरु पनि निकै सुनिएको छ तथापि आउनुहोस आज कुरा गरौं टीकटक ब्यान हुनुका कारणहरु बारे ।

तथ्याकं हेर्दा भारतमा लगभग ५ करोड २० लाख भारतीयहरुले मासिक टीकटक चलाएको देखिन्छ, भारतको रोजगारी दर र बेरोजगारी प्रतिशतलाई यी युवाहरुको यो सलंग्नताले नराम्रो धक्का दिएको बताइन्छ । सबैजना टीकटक भिडियो बनाउने चक्करमा हरवखत सोचमग्न रहने अनि कार्यकुशलतामा धक्का परेको पनि बताइन्छ । केहि दिनअघि टीकटक बनाउने क्रममा एकजना भारतीयको मृत्यु भएको खबरले पनि टीकटक रोक्न एउटा अर्को कारण दिएको थियो । छिमेकी देश बगंलादेशले यसअघि नै टीकटक ब्यान गरिसकेको हो ।

उता यस चीनको उत्पादन भारतका बिभिन्न राज्यका भाषाहरुमा पनि उपलब्ध भएकाले यसको प्रचलन र प्रयोग झनै बढ्दै गएको र भारतीय डिजिटल सुरक्षा र प्रयोगकर्ताहरुको डाटा सुरक्षाका लागि पनि यस एप रोक्न जरुरी रहेको भन्ने तर्क पनि भारतीय प्रशासनको पाइन्छ । भारतमा यस ब्यानलाई आधारभूत सूचना र पहुँचको हकसंग जोड्दै बिरोध गर्ने र समर्थन गर्ने दुबै प्रकारका जमातहरु पाइन्छ तथापि प्रयोगकर्ताहरुले यस्तै प्रकारका अन्य भारतीय एप प्रयोग नगर्लान भन्न चाँही सकिन्न ।

लाइभमाण्डु


Loading comments...