Anger

डिप्रेशनमा बाँचेकाहरुको लागी


डिप्रेशनले मानव जीवनमा हरेक पाटाहरुलाई असर गर्दछ । डेट देखि कार्यालय सम्म, निन्द्रादेखि खानाको रुचीसम्म । अझ दैनिक जीवनमा सामान्य कुराहरु जस्तै भाँडा माझ्नेदेखि कपडाधुने क्रियाकलाप सम्म डिप्रेशनले असर पार्दछ । यो एउटा मानसिक अवस्था हो र यस फेब्रुअरीमा हामी लाइभमाण्डु प्रयोगकर्ताहरुलाई डिप्रेशनका बावजुद पनि कसरी सहज र सामान्य रुपमा यस अवस्थालाई हटाँउदै जीवनको आनन्द र महत्व बुझ्न सकिन्छ भन्ने बिषयमा लेख्दैछौं । यो आलेख हैन बरु दुस्ख र पीडामा लामोसमयसम्म बसिरहेका तपाँई हामी सबैका लागि खुशी साट्ने पत्र हो ।

डिप्रेशन ठूलो कुरा हैन्, यो अत्यन्त सुक्ष्म अनि सानो कुराहरुको असर र तिनैबाट निको पार्न सकिने अवस्था हो । मानौं हामीलाई डिप्रेशन छ अझ सरल रुपमा भनौं लामो समयदेखि हामी दुखी छौं, खुशी हुने कारण भेटेका छैनौं, आफूलाई एक्लो र मुल्यहिन संझन्छौं या ब्यक्तिगत पहिचानको प्रतिस्पर्धामा गहिरै रुपमा असन्तुष्ट छौं । शरीरमा शक्ति नभएजस्तो, मनमा सामथ्र्य नभएजस्तो अनि निन्द्रा र खानामा अरुची लगायत थुप्रै कुराहरुले हाम्रो मानसिक अवस्था उद्घोष गरिरहेको हुनसक्दछ ।

हाँस्न भुलेको, एउटा अँध्यारो छाएको या खुल्ला उन्मुक्त नभएको जस्ता धेरै भावनाहरु हामीमा कुण्ठा परेर बसेको हुन सक्दछ ।
जस्तै कि एउटा राक्षस यहाँको ओच्छ्यान मुनी छ जो हरेक बखत यहाँका मुल्यवान भावना , साहस र आँटलाई हमला गर्दछ । तर स्मरण गर्नुहोस् माया, साथ र सहि जीवनशैली भएमा डिप्रेशनका हरेक लक्षणहरु शिघ्र दुर गर्न सकिने रहेछ । हफिगंटन पोष्टमा केली कुलवर्टसन लेख्दछिन् । विश्वमै सर्वाधिक पढिएको त्यसै लेखलाई आज हामी यहाँ परिपेक्ष्यकरण गर्दै पस्किरहेका छौं ।
डिप्रेशन भगाउने केहि उपायहरु ।

१, केहि समाधान गर्ने हेतुले चिन्तन गर्न छाडौं :
जीवनमा सबै कुरा ठिक त कसैको हुँदैन तर सबै कुरा बेठिक पनि कसैको हुँदैन । बिग्रेका कुराहरु बनाउने संभावना र साहस चाहिन्छ । अक्सर डिप्रेशनमा हुँदा हामी केहि गलत र गल्तीमा छौं र केहि कुरा बिग्रेको र त्यसलाई ठिक पार्नुपर्ने छ भन्ने सोच्दछौं । ठिक र बेठिमा र जीत भन्दा हारहरुमा अनि सहि गल्तीमा हामी यति अल्झिन्छौं कि आशा र सकारात्मक कुराहरुको उत्खनन दिमागले गर्नै पाउदैन् । तसर्थ समस्या समाधान गर्ने हेतुले भन्दा पनि आशा जगाउने र तठस्त बस्ने हिसाबमा आफ्नो र अरुको कुरा सुनौं ।

२, आफ्ना प्राप्ति र उपलब्धीका बारे कुरा गर्नुहोस् :
पैसा कमाउने र नाम कमाउने चक्करमा हामीले आत्मसम्मान, आत्मसन्तुष्टि, समाजसेवा र तठस्त त्यागका मान्यताहरु बिर्सेका छौं । पैसा कमाउनेलाई सफल मानिने यस समाजका संरचनागत त्रुटिहरुले अधिकतम मानसिक रोगहरु ल्याइरहेको पाइन्छ, हामी सबैको आआफ्नै उपलब्धी छ । पैसा र आय बाहिरका उपलब्धी र समबन्धलाई हामी चर्चा र हिसाब गर्दैनौं । दुस्खी हुनुहन्छ र हारेको भावनाले पिरोलेको छ भनें आफ्ना ससाना उपलब्धी देखि ठूला उपलब्धीसम्म संझना गरौं, कुरा गरौं अनि भविष्यका संभावना र अठोटलाई उजागर गरौं ।

३, जे छु ठिक छु भन्ने भावना बिकास गरौं :
कहिलेकाँही ओके नहुनुपनि ओके हुनु हो । समय समयमा मान्छेको सोच, बिचार र भावनाहरु तलमाथि हुन्छन् र खुशी र दुखी जीवनका पाटाहरु हुन भनी स्वीकार गर्नुहोस् । आजको दुस्ख भोलीको खुशी पनि त हो, आजको आँशु भोलीको मोती पनि त हो ।

४, शब्दको भर नपर्नुहोस् :
डिप्रेशनमा हुँदा अरुलाई शेयर गर्नुहोस् भन्ने भनाई पुरानो भयो । शब्दमा भर परेर भावनाहरु छताछुल्ल पार्न धेरै आँट र शक्ति चाहिन्छ । अनि जति आफ्ना कुरा हामी अरुलाई सुनाँउछौं त्यती ती कुरा र भावनाहरु गाढा हुँदै जान्छन् ।
बरु आफ्नो भावना सुनाउनको साटो मिल्ने साथीलाई या परिवारका सदस्यलाई भेटौं र शब्द सुनाउनको साटो अंगालो मारौं, राइदियौं र आफ्ना कुण्ठाहरुलाई आँशु बनेर पग्लिन दिऔं ।

५, आफ्ना अपेक्षाहरुलाई पूर्नविचार गर्नुहोस्:
जीवनको अपेक्षाहरुलाई एक फेर पूर्नविचार गरौं, कतै हामी महत्वाकांक्षाको भारको भरिया त भएका छैनौं ।
प्रतिस्पर्धा र महत्वाकांक्षाको खराब मिश्रणमा आफ्नो जीवनलाई पीडा नदिऔं, हामी जे छौं ठिक छौं । कोहीभन्दा कोही कम छैनन्, कोही बढि छैनन् । आशा कायम राखेर अघि बढौं, आफूलाई खुशी राख्नुहोस् । हामी डिप्रेशन शिर्षकका ताजा अध्ययन र आवाजहरु लाइभमाण्डुमा ल्याइरहन्छौं ।

के हो डिप्रेसन ?

डिप्रेसन के हो र यसबाट कसरि बच्ने ? -डा. कल्याण सुबेदी

What is depression?

लाइभमाण्डु


Loading comments...