डेनमार्क: भिन्न धार्मिक तथा सांस्कृतिक खानपानबिचको द्वन्द्व




संसारका धेरै देशहरुमा दैनिक खानपानमा प्रयोग हुने खाद्य छनौटमा विभिन्न किसिमको राजनीति पनि छ । यसमा पनि तेरो यो खाना मेरो यो खाना समाजमा हावी हुन थाल्यो भने सांस्कृतिक द्वन्द्व त अवश्य बढ्छ नै र यो डेनमार्कमा भयो । त्यहाँका मानिसहरूले दवाब दिन थाले की ती व्यक्ति जो डेनमार्क बाहिरबाट आउँदछन उनीहरुले डेनिश खानपान स्वीकार गर्नुपर्छ ।

डेनमार्कका विद्यालयहरूमा जौको पाउरोटी/रोटी (Rye bread) र सुँगुरको मासुबाट बनेका परीकारहरु ल्याउनमा जोड दिन थालियो । अब समस्या के आयो भने इस्लाममा सुँगुर खानु हराम (अधर्म) मानिन्छ, अब त्यहाँ पढ्ने मुस्लिम बच्चाहरुको लागि यो अत्यन्त अप्ठेरो विषय बन्न थाल्यो ।

डेनमार्कको कोपेनहेगन विश्वविद्यालयका सामुदायिक विशेषज्ञ मार्था सिफे क्यारेबेकले यसलाई सांस्कृतिक विवादको रूपमा ब्याख्या गरेका छन् । वहाँका अनुसार खानपान पनि एक राजनीतिक हतियार हो र यो राजनितिक गतिविधिका लागि प्रयोग भईरहेको छ । क्यारेबेकले यस सम्बन्धमा थप अनुसन्धान गर्नुभयो, जसबाट केही अचम्मलाग्दो तथ्यांक सहितका जानकारी सार्वजनिक भए ।

क्यारेबेकले के पत्ता लगाउनुभयो भने कि शिक्षक शिक्षिकाहरूले आफ्ना विद्यार्थीहरुसंग घुलमिल हुनका लागि केटकेटीले घरबाटै लिएर आउने खाना अथवा खाजाका बट्टाहरु जाँच गर्ने गर्दारहेछन् । राम्रो खाने कुराहरुको बारेमा केटकेटीलाई जानकारी दिने गर्दारहेछन् । 

डेनमार्कका विद्यालयहरूमा प्रायः बच्चाहरुले घरबाटै खाना ल्याउँछन् । डेनमार्कमा जौको पाउरोटी/रोटी (Rye bread) स्वास्थ्यका हिसाबले अति उत्तम खानेकुराका रूपमा मानिन्छ । बच्चाहरु जसले जौको पाउरोटी/रोटी (Rye bread) खाँदैनन उनीहरुले स्वस्थकर खानेकुरा खाएका छैनन भन्ने मान्यता छ । तर, डेनमार्कमा बाहिरबाट आएर बसेका व्यक्तिहरूले जौको पाउरोटी/रोटी (Rye bread) मा कुनै स्वाद पाउदैनन् । यहींबाट भिन्न संस्कृतिहरूको संघर्ष सुरु हुन्छ ।

डेनिशहरुले विशेष खानाको रूपमा जौको पाउरोटी/रोटी (Rye bread)लाई प्राथमिकतामा राख्दछन् । उनीहरूको सोंचमा खानेकुराहरुमा यो भन्दा राम्रो विकल्प हुन सक्दैन ।

त्यसै गरी, जब डेनमार्कमा अन्य देशहरुबाट त्यहाँ बस्न आउने नागरिकहरुको जनसंख्या बढ्न थाल्यो, डेनिश सरकारले मुसलमानहरुको धार्मिक भावनामा चोट नपुगोस भनी विद्यालयको खाना/खाजाबाट सुँगुरको मासु हटाउने निर्णय गरे ।

तर, अधिकांश डेनिसहरूले यसलाई डेनिश संस्कृतिमा अनावश्यक छेडछाड भएको निश्कर्ष निकाले । उनीहरु के भन्छन् भने, बच्चाहरुलाई धर्म र देशको अंतरबाट टाढा राखेर विशुद्ध रुपमा डेनिश खाना दिइयोस् । जसमा सुँगुरको मासु पनि समावेश छ । 

सन् २०१६ मा, डेनमार्कको संस्कृति मन्त्रालयले डेनमार्कको आधारभूत सांस्कृतिक मूल्यहरूको सर्वेक्षण गर्यो । जसबाट थुप्रै मानिसहरू खानामा सुँगुरको मासु समावेश गर्नुपर्ने कुरालाई जोड दिएको पाइयो । जसले त्यहाँ बस्ने अन्य संस्कृति, रहनसन तथा खानपानमा हुर्किएकाहरुलाई सामान्य स्तरमा भेटिने र खाईने दैनिकीको खानपानलाई चुनौति पस्किदियो ।


Loading comments...