tulsi giri

तुलसी गिरीलाई अलविदा


सन् १९२६ मा सिरहा जिल्लामा जन्मेका तुलसी गिरी नेपाली राजनैतिक इतिहासका एक महत्वपूर्ण पात्र हुन् । राजनितीक्रमको शुरुवात देखि नै आफ्नो निष्ठा अनि हक्की स्वभावका कारण उनी नेतृत्वदायि भूमिकामा थिए । सन् १९५९ र सन् १९६० को नेपाली काग्रेसको सरकारमा मन्त्री भएका गिरी पछि गएर राजा महेन्द्रको कु पछि पञ्चायतको कट्टर समर्थकका रुपमा अबिछिन्न रुपमा रहे ।
राजनैतिक आस्थामा सबैको आआफ्नै आस्था अनि समर्थनका धरोहरहरु हुन्छन् तर कसैलाई मृत्यूपर्यन्त गरिने संझनामा आस्था के मा भन्दा पनि कति आस्था र संकल्प थियो भनेंर आज संझन जरुरी छ ।

तुलसी गिरीसंग १८० डिग्रीमै मतभिन्नता भएका हामी धेरै हुन सक्दछौं तथापि तुलसी गिरीको निष्ठा अनि बिश्वास भनें संझना योग्य छ । उनी स्पष्ट थिए कि शक्तिको केन्द्र कि त सिंहदरबार या त नारायणहिटीमा मात्र रहनुपर्दछ भन्ने कुरामा । दुईतर्फ रहेको शक्तिकेन्द्रले शक्तिको सन्तुलन र असन्तुलन मै सत्तत्राले आफ्नो मुलधारका कार्यहरु र दायित्व गुमाँउदछ भन्ने उन्को तर्क थियो । उन्को दृढता र स्पष्ट अभिब्यक्ति सम्मान योग्य छ ।

राजा महेन्द्रको कु पछि प्रथम सरकारमा उनी नै प्रधानमन्त्री थिए भनें पनि राजा ज्ञानेन्द्रको संसद बिघठन पछिको सरकारमा पनि उनी मन्त्रीपरिषदको उपाध्यक्ष थिए । देशमा बहुदलको स्थापना संगै तुलसी गिरी बिदेशमा बस्न थालेको बताइन्छ, उनले जीवनको उत्तरार्ध धेरै जसो श्रीलंकामा र दक्षिण भारतमा बिताए । उनको मृत्यु भनें काठमाडौ बुढानिलकण्ठ स्थित उनकै निवासमा भएको हो ।
हुन त आज सत्ता अनि दलको नेतृत्वमा अझै पनि ति नामहरु को बोलवाला जबरजस्त छ जो राजा ज्ञानेन्द्रको सत्ता बिघठन पश्चात भावी प्रधानमन्त्री बन्ने सिफारिशका लागि पटक पटक दरबार पुगेका थिए । तुलसी गिरिको निधनले दरबारमा रहेर पनि नेपाली जनताको सार्वभौमिक्तालाई ध्यानमा राख्ने एउटा द्रष्टा गुमाएको ठम्याई पनि एउटा जमातको छ ।

सन् १९८६ अर्थात बिसं २०४३ मा उनले राष्ट्रिय पञ्चायतको अध्यक्षबाट राजनितीमा गरेका थिए । श्रिमतीको धर्म अगाँल्न इसाई धर्ममा ब्याप्ताइज्ड पनि भएका तुलसी आफ्नो जीवनकालमा बिभिन्न कारण र प्रश्नका बिच बिभादित भए । पछिल्लो समयमा यिनले अपांगता अधिकारकर्मी सराह गिरीसंग बिवाह गरेका हुन् । उनका पत्नी अनि छोराछोरीको बिषयमा भनें धेरै चर्चा अनि हल्ला सुनिन्छ ।
हुन त उनी चिकित्सक हुन् तर जीवनभर यिनले राजनिती मै आफ्नो ध्यान र ज्ञान लगाए । नेपाली राजनितीका बिचित्रका पात्र तुलसी गिरीलाई शिवतत्वले आफूमा समाहित गरुन् । हार्दिक श्रदाञ्जली

 


Loading comments...