दक्षिण कोरियामा गर्भपतनलाई बल्ल कानुनी मान्यता दिने संभावना


दक्षिण कोरियामा गर्भपतन कानुनी रुपमा अहिलेसम्म एउटा अपराध नै थियो । त्यहाँ यस विषयमा निकै बिवाद अनि बहसहरु भइरहेका थिए । त्यहाँको सर्वोच्च अदालतका २ न्यायधिशहरुले अब गर्भपतनलाई कानुनी मान्यता दिने संभावना व्यक्त गरेका छन् । वर्तमान कानुनमा गर्भपतन गराउने चिकित्सकलाई २ वर्षको कारावास सजायसम्मको प्रावधान छ ।

त्यहाँका अदालतका एटोर्नी र्यू मीन हि ले भनें कारावास या अधिकार भन्दा पनि गर्भपतनबाट महिलाको स्वास्थमा पर्ने नकारात्मक असरप्रति दक्षिण कोरिया संवेदनशील रहेकाले गर्भपतनलाई कानुनी प्रावधान नदिएको बताए । निकै लामो मियदेखि बिचाराधानी यस मुद्धालाई अब अर्को महिना दक्षिण कोरियाले कानुनी प्रावधानभित्र ल्याउला भन्ने आशा गरिएको छ ।

बिकसित भएतापनि गर्भपतनलाई कानुनी मान्यता नदिने थोरै देशहरुमा दक्षिण कोरिया पनि पर्दछ । सन् १९५० को संविधानको सन् १९७३ मा भएको संशोधन अनुरुप गर्भपतनलाई अपराध ठहराइएको थियो । गर्भपतन गर्ने महिलालाई १ वर्ष सम्मको कैदको प्रावधान पुरानो कानुनले गरेको छ ।

लाइभमाण्डु


Loading comments...