दलाई लामाको पूर्नजन्मका लागि चीनको तयारी


यो बहुत गज्जबको कुरा छ, दलाई लामा अहिले ८४ वर्षका भए अनि साथै उन्को स्वास्थमा निकै गडबढीका कुराहरु सामने आएका छन् । अगस्ट १८ मा मिनिसोटा तिव्वतीयन एसोसियनको फेसबुक पेजमा एउटा भिडियो देखापर्यो जस्मा दलाई लामाले आफू आफू ११० वर्ष सम्म बाँच्ने भनी भनेंका थिए । यस भिडियोले निकै सामाजिक सञ्जालमा बजार ततायो । अप्रिल महिनामा दलाई लामा हिमाञ्चल प्रदेशबाट दिल्लीको एउटा निजि अस्पतालमा भर्ना भएका थिए, उन्लाई छातीमा ईन्फेक्शन देखिएको बताइन्छ ।

दलाई लामाले सपनामा तिव्वतका रक्षक गुरु पाल्देन ह्यामोलाई देख्ने गरेको निकै चोटी व्यक्त गर्ने गरेका छन्, तिव्वतका लगभग ३०० वर्ष पुरानो मानिने यि पाल्देन गुरु रक्षकका रुपमा अनि अमुर्त आत्मा र अवस्थितीका कारणले पूजिने गरिन्छन् । दलाई लामा तिव्वती आन्दोलनका मियो हुन् र यस आन्दोलनले चीनलाई निकै हम्मे हम्मे पारेको छ । यसअर्थमा अब चीनले अर्को पुस्ताको दलाई लामाको अवतारको हिमालयको त्यो पार तयारी गरिरहेको पनि समाचार छ । हुन त अहिलेका दलाई लामाले अब अवतार नलिने बताइसकेका छन् र यसो गर्दा तिव्वती आन्दोलन र फ्रि तिव्वत मुभमेन्टमा निकै असर पर्ने भएकाले तिव्वतीहरु माझ नै पनि यस विषयमा निकै असन्तुष्टि नरहेको हैन् । तथापी चीनले अबको दलाई लामाको अवतार बनाउन तिव्वत र निकट क्षेत्रमा १०० बढि भिक्षुहरुलाई तालिम दिइरहेको अपुष्ट खबर पनि छ ।
कम्यूनिष्ट पार्टी अफ चाइनाको मुख्य समाचार बिन्दु ग्लोवल टाइम्सले चीनले ज्यूँदो बुद्धको अवधारणामा धेरै टुल्कुहरुलाई तालिम दिइरहेको समाचार प्रेषण गरेको छ । के अबको १४ औं दलाई लामाको अवतार चीनियाँ नेतृत्वले तय गर्नेछ त ?

स्मरण रहोस् चिनियाँ सरकारले सोसलीष्ट बुद्धिज्मको निकै प्रवर्धन गरिरहेको छ । चीनले तिव्वतमा यसै धारणा अन्र्तगत ग्याल्सेन नोर्वुको नियूक्ति गर्दै आसपारका क्षेत्रमा भिक्षु र शिक्षालयहरुमा विशेष सुपरिवेक्षण गर्न खटाएको छ । नोर्वु स्वयमले पनि आफूलाई यसरी भ्रमणका समयमा आफूलाई दलाई लामाको उत्तरदायीका रुपमा पनि भन्ने गरेका छन् ।

के अब चीनले १५ औं दलाई लामा आँफैं नियूक्त गर्नेछ या गर्न पाउछ त ? आँउदो दलाई लामाको अवतार यदि धर्तिमा पर्दापण हुन्छ भनें त्यो तिव्वती पक्षको हुन्छ या चीनको ?
के अहिलेका दलाई लामाले अब अवतार नलिने घोषणा फिर्ता लिन्छन त ?
भविष्यले बताउनेछ ।

सुयोग ढकाल
लाइभमाण्डु

यो पनि पढ्नुहोला:

भारतले श्रिलंकालाई बेच्न आँटेको विश्वस्तरिय रेलहरु

गुगलले मनायो पाकिस्तानी आमाको जन्मदिन
लण्डनका मेयर सादिक खान


Loading comments...