teeth health

दाँतलाई मोती जस्तै चम्किलो बनाउने घरेलु उपाए


दाँतमा पहेलोपनले तपार्इको सुन्दरतामा नकरात्मक प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दाँतले तपाईको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ।
यदि तपाइको पनि सेतो दाँत छैन र जति सफा गरे पनि दाँत सेतो र चम्किलो हुँदैन भने अब यसो गर्नुहोस। आफ्नो दाँतलाई सेतो अनि चम्किलो बनाउन घरेलु तरीकाबाट पनि यो सम्भव छ।

यसको लागि हामीले दैनिक प्रयोग हुने कागतीको एक उत्तम उपाय हुन सक्छ। दिनहुँ २ पटक ब्रश गर्नुहोस। ब्रश गरिसकेपछि कागतीको रसमा थोरै पानी हालेर दाँत को मसाज गर्नुहोस।

सुकाइएको कागतीको बोक्रा पिसेर पाउडर बनाउनुहोस्। यसको सहायताले दिनमा एक पटक दांतमाझ्नुहोस जसले गर्दा दाँत चम्कन थाल्छ।

कागतीको रस र बेकिङ सोडालाई मिसाएर पेस्ट बनाई दाँत ब्रश गर्दा धेरै नै फाइदा हुन्छ।

एक चम्चा कागतीको रसमा आधा चम्चा नुन मिसाई दाँत मालिश गर्नुहोस। दाँत बिल्कुलै सफा हुनेछ।

-एजेन्सी


Loading comments...