दाइजोको लोभमा २० बर्षीय कञ्चनलाइ मारीयाेः भिडियाे रिपाेर्ट


अझैपनि विधमान सामाजिक कुरीति, दाइजो नल्याएको भन्दै आफनै श्रीमान र सासु मिलि २० बर्षिय बालिकाको मट्टितेल हाली हत्या गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका ८ निवासी कञ्चन मण्डलको मृत्यु भएको छ ।

जल्दै गरेको अवस्थामा भेटिएकी २० बर्षिय कञ्चन मण्डलको उपचारको क्रममा काठमाडौँको साखु स्थित सुस्मा कोइराला मेमोरियल हस्पिटलमा मृत्यु भएको हो ।

पीडितको निधन लगतै सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितको श्रीमान छोरीलाई लिएर फरार छन् ।

यस घटनालार्इ नजिकबाट सहयाेग गरीरहेका ब्यक्तिहरुसंकाे कुराकानीः


Loading comments...