दिपावलीमा बालिने हरेक दियोको एउटा बेग्लै महत्व तथा अर्थ छ


पण्डित पुरुषोत्तम अधिकारी । दीपावली उज्यालोको चाड हो । यस दिन मानिसहरु माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि आफ्नो घरलाई दियोको उज्यालो ले सजाउने गर्दछन् । यस दिन घरमा प्रज्वलित गरिने हरेक दियोको एउटा बेग्लै महत्व तथा अर्थ हुन्छ ।

के तपाईंलाई थाहा छ घरको कुन-कुन स्थानमा राखिने दियोबाट तपाईंको जीवनमा कस्तो असर पर्छ? धार्मिक मान्यताहरुका अनुसार धनतेरसबाट प्रारम्भ हुने यमपञ्चकको अवधीमा अर्थात दिपावलीभरी कती दियो बाल्ने तथा यसरी घर सजाउन बालिने यस्ता दियोहरुको अर्थ के हुन्छ ।

पहिलो दियोः धनतेरसको दिन जुन घरमा यमराजको निमित्त दीपदान गर्ने गरिन्छ, त्यहाँ अकाल मृत्यु हुने भय हुन्न । यसका लागि धनतेरसको दिन साँझ घरको मुख्य द्वारमा तथा घर भित्र १३ दियो प्रज्वलित गर्ने गरिन्छ । यसरी प्रज्वलित गरिने यमको नामको दियो घरका सबै सदस्यहरु फर्किएर सुत्नु अघि बालिने गरिन्छ । यस बाहेक यमको नाममा प्रज्वलित गरिने दीपलाई घरमा रहेको पुरानो दियोको प्रयोग गर्ने गरिन्छ । त्यस्तो दियोमा दीपको सिखालाई सरसोको तेल राखेर घरको बाहिर दक्षिणतर्फ फर्काएर फोहोर फाल्नेतर्फ राखिने गरिन्छ ।

दोस्रो दियोः दोस्रो दियो यमपञ्चकको हरेक रात घर तथा घरको चारैतर्फ सबै स्थानमा प्रज्वलित गर्ने गरिन्छ । धार्मिक मान्यताहरुका अनुसार दिपावलीको राती देवालयहरुमा गाईको दूधबाट तयार पारिएको शुद्ध घ्यूको दियो जलाउनाले तत्काल ऋणहरुबाट मुक्ती मिल्दछ ।

तेस्रो दियोः दिपावलीको राती तेस्रो दियो लक्ष्मी पूजा स्थानमा प्रज्वलित गर्नुपर्छ ।

चौथो दियोः दिपावलीको राती चौथो दियो तुलसी मठमा प्रज्वलित गर्नुपर्छ ।

पाँचौ दियोः दिपावलीको दिन एउटा दियो घरको ढोका बाहिर प्रज्वलित गर्नुपर्छ ।

छैठौं दियोः दिपावलीको दिन एउटा दियो पीपलको रुखको तल पनि राख्नुपर्दछ ।

सातौं दियोः दिपावलीको दिन एउटा दियो घरको नजिक बनेको कुनै मठ मन्दिरमा प्रज्वलित गर्नुपर्दछ ।

आठौं दियोः यो दियो घरमा फोहोर राख्ने स्थानतिर प्रज्वलित गर्नुपर्दछ ।

नवौं दियोः यो दियो घरको शौचालयमा प्रज्वलित गरेर राख्नुपर्छ ।

दशौं दियोः यो दियो घरको छतमा रहेको पर्खालको चारैतर्फ उठेको भागमा राख्नुपर्छ ।

एघारौं दियोः यो दियो घरको झ्यालमा राख्नुपर्छ ।

बार्ह्रौं दियोः यो दियो घरको छतको मध्य भागमा राख्नुपर्छ ।

तेर्ह्रौं दियोः तेर्ह्रौं तथा अन्तिम दियो घरबाट नजिक रहेको कुनै चौबाटोमा राख्नुपर्दछ ।


Loading comments...