दिल्ली एयरपोर्टमा सन् २०२० सम्म एयर ट्रेन राखिने


एयर ट्रेन अर्थात हावामा झुण्डिएर गुड्ने रेल जस्ले आफ्नो ट्रयाकमा झुण्डिएर यात्रा तय गर्दै अति मितव्ययी रुपमा यात्रुहरुलाई ओसारपोसार गर्न सक्दछ । सन् २०२० सम्ममा भारतको इन्दिरा गान्धी बिमानस्थल दिल्लीका सबै टर्मीनलहरुलाई एयर ट्रेनले लींक गरिनेछ । लगभग १० करोड यात्रुहरुको सेव ागर्ने ध्येयका साथ यी रेलहरु जोडिने र पछि सन् २०२० मा आवश्यक परिमार्जन र बढोत्तरी गरिने भएको छ ।
अहिले दिल्लीमा बिमानस्थल भित्र एक टर्मीनलबाट अर्कोमा यात्रु लान शटल बस प्रयोग गरिन्छ भनें अब एयर ट्रेन प्रयोग गरिने भएको हो । सन् २०१८ को सर्भेक्षणमा भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थल विश्वकै १२औं ब्यस्त बिमानस्थलमा सुचिकृत गरिएको थियो ।

लाइभमाण्डु


Loading comments...