ध्वाँसे चितुवाबारे प्रस्तावना विश्वको उत्कृष्ट ५ मा, परियोजना सफल बनाउन भोट गर्नुहोस्


अहिले नेपालले तयार गरेको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट ५ भित्र परेको छ । ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रस्तावनालाई उत्कृष्ट ५ भित्र पारेको हो । यसलाई पब्लिक भोटिङका लागि राखिएको छ ।

अनलाइन भोटको आधारमा उत्कृष्ट एकमा परे ‘प्रकृतिका साथीहरू’ संस्थाले करिब ३७ लाख बराबरको अनुदान पाउने छ । त्यो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिनेछ । विशेष गरी सिक्लेस, ताङतीङ लगायतका गाउँहरू सो सहयोगबाट लाभान्वित हुनेछन् ।

सो परियोजनालाई बहुराष्ट्रिय ‘लोवी अल्पाइन’ नामक ट्रेकिङ ब्याग सम्बन्धी कम्पनीले मनोनयन तथा भोटिंगमा सहयोग गरि रहेको छ l
नेपालको परियोजना सँगै एक्वोडरको बिरुवा, मेक्सिकोको सुगा, कम्बोडियाको वन, आर्मेनियाको भालु सम्बन्धी परियोजना पनि सो समूहमा रहेका छन् ।

नेपालको तर्फबाट सो परियोजनाको नेतृत्व ध्वाँसे चितुवाको नामले परिचित दोलखा निवासी अनुसन्धानकर्मी यादव घिमिरे र कास्कीका ‘उल्लु सर‘ भनेर चिनिने संरक्षणकर्मी राजु आचार्य सहितको समूहले गरिरहेका छन् । दुवै जना नेपाल भित्र र बाहिर वन्यजन्तुको अनुसन्धान र संरक्षणका काममा स्थापित नाम हो ।

उनीहरू आबद्ध ‘प्रकृतिका साथीहरू’ संस्थाले विगत १५ वर्षदेखि नेपालमा वन्यजन्तुको अनुसन्धान/संरक्षण, वन कार्बन, ग्रिन स्कुल, युवाहरूलाई तालिम, लाटोकोसेरो उत्सव लगायतका मुद्धाहरुमा काम गर्दै आएको छ । जंगली चौरी, सुनौलो बिरालो, सिलु बिरालो लगायत ३ प्रजातिका चराहरू नेपालमा पहिलो पटक पत्ता लगाएको थियो । अनुसन्धान र संरक्षणको लागि सो संस्था राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित छ ।

भोटिङ कसरी गर्ने?

दुई हप्ताको लागि खुला गरिएको भोटिङ आजबाट कार्तिक ४ सम्म भोट गर्न पाइने छ । आफूसँग उपलब्ध भएको उपकरण (मोबाइल, ल्यापटप, डेस्कटप कम्प्युटर) प्रयोग गरेर एक उपकरणबाट एक भोट गर्न सकिने छ। पैसा तिरेर बुस्ट भने गर्न पाइनेछैनl भोटको लागि यो लिङ्क https://www.outdoorconservation.eu/project-voting-category.cfm?catid=5 खुले पछि केहि तल जानुपर्छ र दोश्रो परियोजना नेपालको हो l परियोजनाको नाम Protect the Clouded Leopard, Nepal भनेर लेखिएको छ l ल्यापटप वा कम्प्यूटर भए दायाँ तिर र मोबाईल भए परियोजनाको तल पट्टिको VOTE भनेर लेखिएको मा क्लिक गर्न सकिन्छ l त्यसपछि खुलेको पेजमा (I am not robot) र (I have read…) को अगाडी रहेको बक्समा टिक गर्ने र अन्तमा रहेको Cast your vote मा क्लिकगरेर भोट गर्न सकिन्छ l कहिले काँही विभिन्न फोटोहरु दिएर भेरिफाई गर्न पनि भन्न सक्छ l


Loading comments...