नर्थ कोरियाले २ वटा मिसाईल साउथतर्फ प्रहार गरेको आरोप


२ वटा छोटो दुरिका मिसाइलहरु नर्थ कोरियाले साउथ तर्फ प्रहार गरेको साउथ कोरियाको सैन्य विज्ञप्तीमा उल्लेख छ । गत ५ दिनमा यो दोश्रो प्रहार हो र अमेरिकासंगको डिन्यूक्लीयराइजेशनमा यो अर्को धम्की हुन सक्ने साउथ कोरियाले बताएको छ । साउथ कोरियाका अधिकारीका अनुसार उक्त दुई मिसाइल ४२० र २७० किमी सम्म उडेको र ति हतियारको प्रक्ष्ँेपण प्योगंयागंको सिनोरिया प्रान्तबाट भएको जनाएका छन् ।

उत्तर कोरियाका लागि अमेरिकाका बिशेष प्रतिनिधि स्टेफेन बिगनले दक्षिण कोरियाको भ्रमण गर्दैछन्, यसै अवसरमा शायद उत्तर कोरियाले आफ्नो हतियारको शक्ति देखाउन चाहदैछ भनी हफिगंटन पोष्टले जनाएको छ । उत्तरको हतियार प्रक्षेपणका बिषयमा जापान र अमेरिकाका सुरक्षा बिज्ञहरु दक्षिण कोरियामा वार्ताका लागि भेला पनि भएको खबर छ ।

लाइभमाण्डु


Loading comments...