नेपाल भ्रमण वर्ष २०२० को बेल्जियमलाई आधिकारिक निम्तो


जनवरी ७ सन् २०२० मा बेल्जियमको सोफाटोल होटललमा नेपाल भ्रमण वर्ष २०२० को औपचारीक र भव्य उद्ध्घाटन गरियो । बेल्जियमका संसदका सदस्यहरु, सरकारका प्रतिनिधिहरु अनि नेपाली पक्षहरुको सहभागितामा यस कार्यक्रमको आयोजना गरियो ।
यूरोपियन एक्टरनल एक्शन सर्भिसेसका डिप्यूटी सेक्रेटरी जनरल क्रिस्टोफी विलयार्डले नेपालको पर्यटनका संभावनाहरुको कुरा उक्काँउदै विगतका वर्षह्रुमा नेपालको आर्थिक र सामाजिक बृद्धि र उत्थानको प्रशंसा समेत गर्नुभयो । समृद्ध नेपाल अनि खुशी नेपालीमा पर्यटनको भूमिका चर्चा गर्दे विलयार्डले जलवायू परिवर्तनले यूरोपमा पारेको असर अनि जलवायू परिवर्तन रोकथाममा नेपालको भूमिकाको वर्णन पनि गर्नुभयो ।

विलयार्डले नेपालको भुकम्प पछिको अवस्थामा कुरा गर्दे नेपालीहरुको आँट, साहस र धैर्यताको खुलेरै प्रशंशा गर्दै यूरोपेली पर्यटकले जीवनभरिका लागि संझनलायक यादरु अनि अनुभव बटुल्न एकफेर नेपाल जानै पर्ने समेत बताए । भ्रमण वर्षको २० लाख पर्यटकको लक्ष्य नेपालले सहजै पूरा गर्ने उन्को विश्वास पनि थियो ।

यता बेल्जियममा रहेका नेपाली राजदुत लोक बहादुर थापाले पनि नेपालको पर्यटकीय संभाव्यताको वर्णन गर्दे यूरोपेली पर्यटकहरुलाई खुला निम्तो दिनुभयो । उक्त कार्यक्रममा नियात्रा लेखकहरु, सामाजिक सञ्जालका प्रभावशाली ब्यक्तिहरु, मिडियाका मान्छे लगायत थुप्रैजनाको उपस्थिति थियो । गैर आवासिय नेपालीहरुको संगठन लगायत बेल्जियम बाहेक छिमेकी देशहरु नेदरल्याड्स, डेनमार्क लगायतका देशहरुबाट पनि धेरैजनाको उल्लेख्य अनि अर्थपूर्ण सहभागिता उक्त कार्यक्रममा थियो ।

कार्यक्रममा नेपाली खाना राखिएको थियो, पाहुनाहरुलाई नेपालको पर्यटकीय स्थलको भिडियो र तस्वीरहरु पनि देखाइयो । नेपाली भेषभुषामा केहि सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

लाइभमाण्डु
तस्वीरहरुः डानी भेरहासेल्ट


Loading comments...