नोवल पुरस्कार बिजेता भारतीय अर्थशास्त्री धोती र कुर्तामा पुस्रकार लिन स्टेज उक्लँदा


भारतीय मूलका अमेरिकी अर्थशस्त्री अभिजीत बेर्नजीले यसपालाको अर्थशास्त्रको नोवल पुरस्कार पाएका हुन्, गरिबी उन्मुलनमा अभिजीत लगायत अन्य २ जना गरि संयुक्तरुपमा ३ जनालो यो पुरस्कार पाएका हुन् । नर्वेको ओस्लोमा भर्खरै बुधवारको दिन यो ११ डिसेम्बरमा यो अवार्ड कार्यक्रम भएको हो जहाँ भारतीय अमेरिकी अभिजित आफ्नो परम्परागत पहिरनमा धोती र कुर्ता लगाएर स्टेज चढे ।
बंगाली मूलका अभिजितको राष्ट्र प्रेमले अहिले भारतीय एनआरआई र भारतमा नै बसोवास गर्नेहरु बिच देशप्रेमको सेतु बाँध्ने काम गरेको छ । बँधगला कोट र धोलीमा स्टेज चढेका अभिजितकी श्रीमती भनें नीलो सारीमा देखिइन । अमरत्या सेनपछि नोवल पुरस्कारको अर्थशस्त्रमा पुस्कृत हुने अभिजित दोश्रो भारतीय मुलका मान्छे हुन् । सन् १९६१ मा भारतमा जन्म भएका अभिजितले कोलकाता, जेएनयू र पछि हार्वडमा सन् १९८८ मा अध्ययन गरेका हुन् । हर्वड र प्रीन्स्टन विश्वविधालयमा पढाएका यिनले अहिले चाँही फर्ड फाउडेशनको एम्आइटी विश्वविधालयमा अर्थशस्त्र पढाँउदछन् ।

यिनको पुस्तक पुअर ईकोनोमीक्सले त गोल्डम्यान श्याक्सको बुक अफ द यियरको उपाधी पनि पायो । गोल्डम्यान श्याक्स विश्वकै सर्वाधिक विश्वसनिय अर्थतन्त्रको रिसर्च अनि अर्थशास्त्रीय दृष्टिकोणले अर्थतन्त्रको भविष्य अनुमान लगाउने संस्था हो । अभिजितले २ वटा डकुमेन्ट्री पनि निर्देशन गरेका छन् ।

यिनले ईस्टर डोफ्लो नामक बिदेशीसंग बिवहा गरेका छन् । आफ्नो देशको माया र पहिचानलाई नोवल पुरस्कारको स्टेजसम्म लगेका अभिजितको अहिले निकै चर्चा छ ।

लाइभ्माण्डु


Loading comments...