पूँजिवादको अवधारणा र इतिहास


यि बिचारधाराहरु हामीले विश्व इतिहास र आजको राजनैतिक मुद्धाहरुमा सर्वाधिक चर्चाम रहनेगर्दछन् । आज हामी लाइभमाण्डुमा यि ३ बिचारहरुको सरल प्रस्तुती गर्दै छौं किनभनें आजको कन्टेम्पोररी राजनिति बुझ्नलाई र यस शताव्दी अर्थात २० औैं शताव्दी र सहश्राब्दीपछि पनि सर्वाधिक रुपमा असर गरेको यि ३ बिचारधाराहरु हामीले बुझ्न जरुरी छ ।

अंग्रेजीमा इज्महरुको निकै चर्चा गरिन्छ, क्यापीटलीज्म, कम्यूनिज्म लगायत धेरै हामीले सुनेका छौं, यि फरक फरक सामाजिक, राजनैतिक, आर्थिक र दर्शनशास्त्रिय ब्याख्या र धारहरु हुन् । समाजवादलाई सोसियउलीज्म, साम्यवादलाई कम्यूनिज्म र पूँजिवादलाई क्यापीटलीज्म भनेंर भनिन्छ । यी धारहरुले आधूनिक विश्वलाई एउटा नयाँ रुप दिएको छ ।

शुरुवात हामी पूजिँवादबाट गर्दछौं, यसलाई समानता र समान प्रगतिको अवसरको घोतकका रुपमा लिइन्छ । अहिलेका बिकसित धेरै देशहरु पूँजिवादमा आधारित भएर सञ्चालीत पनि भएका मानिन्छन् । सामान्य रुपमा भन्दा पूँजिवाद एउटा यस्तो सामाजिक र आर्थिक संरचना हो जस्मा उत्पादनका तत्वहरु जस्तै जमिन, कारखाना, श्रम र अन्य श्रोतहरु राज्यको मातहतमा नरहेर व्यक्तिको मातहतमा रहन्छन् । अर्थात पूँजिवादले प्राइभेटाइजेशनको पैरवी गर्दछ । सरकारका अलावा कुनै पनि व्यक्ति या समुह उक्त उत्पादनका तत्वहरुको स्मामित्व ग्रहण गर्न सक्दछन् ।

पूँजिवादले ब्यापारमा स्वतन्त्र बजारको अवधारणा राख्दछ, यहाँ उत्पादकलाई कसरी र कति ब्यापार गर्ने भनेर पूरापुरी छुट दिइएको हुन्छ । उत्पादनका सबै संयन्त्रहरु चाहे खेत या कारखाना या सेवाग्राही अन्य कुनै उत्पादन भएपनि ति उत्पादनका लक्ष्य नाफा मुलक हुन्छ भन्ने पूँजिवादले आत्मसाथ गरेको हुन्छ । यस नाफाले पूँजिको निर्माण हुन्छ र ब्यापार प्रवर्धन अनि समाज बिकास निजि क्षेत्रको सहभागीतामा हुनेछ भन्ने विश्वास पूँजिवादको हुन्छ ।

उत्पादनका सम्पूर्ण शंसाधनचाँही पूँजिवादमा निजि क्षेत्रले राख्दछ, जस्तै तपाँईको एउटा गाई छ भनें त्यस बसलाई यहाँले कहाँ र कति चलाउने भन्ने निर्णय यहाँ आँफैले लिन सक्नुहुन्छ तर समाजवाद र साम्यवादमा भनें स्टेट अर्थात राज्यले यी कुराहरु निर्धारण गर्दछन् ।
पूजिवादको मुख्य कुराहरुमा पहिलो भनेंको प्राइभेट अर्थात निजि क्षेत्रको सहभागीता र दोश्रो बेज लेवर अर्थात श्रम हो जहाँ उत्पादनमा सहभागी मजदुरलाई पूँजिपतिले श्रमको मुल्य दिनुपर्ने हुन्छ । तर उत्पादनमा नाफा भएमा मुनाफा या घाटा भएमा घाटा पूँजिपतिले नै पाउने या व्यहोर्नुपर्ने हुन्छ । तेश्रो पूँजिको निर्माण र चौंथो भनेंको प्रतिस्पर्धात्मक बजार हो । उत्पादकले पूर्ण प्रतिस्पर्धात्मक बजारमा उत्पादन बेच्नुपर्ने भएकाले बजारको माग अनुरुप स्वयम ढल्नुपर्ने हुन्छ । जस्को उत्पाद राम्रो, गुणवान, उपयूक्त र मुल्य रहज हुन्छ त्यस कम्पनीले बजारमा आफ्नो ब्यापार बढाउन सक्ने हुन्छ ।

विशुद्ध क्यापीटलीस्ट अर्थतन्त्रपनि विशुद्ध पूँजिवाद हुन्न, बिकसित देशहरुमा पनि धेरै ब्यापारहरु मोनोपोली अर्थात कुनै एक कम्पनीको हातमा नियन्त्रित भएको पाइन्छ ।

पूँजिवादको शुरुवात बेलायतबाट भएको मानिन्छ, धेरै अघि फ्यूडल राजाहरु हुँदा आफ्नो राज्य वरपरका खेतहरुमा उत्पादन गर्न जनतालाई आदेश दिएपछि उनीहरुलाई यस उत्पादनको साटो र श्रमको साटो उनीहरुको वसोवास र जिवनका आधारहरु राज्यले ब्यहोर्ने सर्तमा राखेपछि पूँजिवादको पहिलो कडि शुरु भएको मानिन्छ । यस शुरुवाती पूँजिवादमा मान्छेहरुले काम गर्ने र त्यसको वदलामा केवल खान र बस्न पाउने मात्र प्रावधान भयो ।

किसानहरु केवल बाँच्नका लागि मात्र काम गर्दा उनीहरु आफू धनी बन्न नसक्ने र बचत नहुने भएपछि उनीहरुले अर्थात किसानहरुले आन्दोलन गरे । धेरै पछि सम्म उनीहरुको आन्दोलन चल्यो, राज्यले दबाउन नसक्ने अस्थामा लगभग सिभिल वार झैं अवस्था भएपछि राज्यले किसानहरु समक्ष घुँडा टेक्यो । फ्यूडल सिस्टम समापन भयो र फ्रि मार्केट स्थापना भयो, उत्पादनको केहि अशं पूँजिपतिले राख्ने र धेरै अंशहरु खुल्ला बजारमा बेच्ने सहमती भयो । यसो गर्दा मजदुरहरुलाई तलब दिन थालियो र क्रमश राम्रो उत्पादनले बजारमा धेरै मुल्य पाउन थाल्यो । यो बजारमा ट्रेडको शुरुवात थियो, यसर्थ बजारमा उत्पादनको ईनोभेसन शुरु भयो । सकेसम्म धेरै र राम्रो उत्पादन गर्नका लागि कसरतहरु शुरु भयो, एकहिसाबले भन्दा औधोगिक क्रान्तिको शुरु यहाँबाटै भयो । मान्छेहरु उत्पादकत्वमा केन्द्रित भएर र प्रतिस्पर्धा शुरु भयो । यो १७ औं शताव्दीको कुरा थियो, यसलाई सामान्यतया कृषिको पूँजिवाद या क्रान्ति भनेंर बुझ्दा हुन्छ । पछि यहि कृषि को पूँजिवाद औधेगिक पूँजिवाद भयो र क्रमश उत्पादन र बजारको यो अवधारणा नै समाज र अर्थतन्त्र अनि शाषन व्यबस्थाको कडि बन्दै गयो ।

१८ र १९ सौं शताव्दीमा औधोगिक क्रान्ति भयो, अब कारखानाहरु शहरमा बन्न थाले र मान्छेहरु शहरमा कारखानामा काम गर्न आउन थाले । शहरमा मजदुरहरुको २ क्लास भयो जस्मा मालिक र मजदुर छुटिए । मालिकसंग पूँजि थियो भनें मजदुरसंग श्रम । सुस्तरि सामन्तवादको समापन हुन थाल्यो, ईन्जिनियर, ब्यबस्थापक र क्लर्कहरुको एउटा मध्यमधारको अर्को क्लास पनि बढ्न थालेको थियो ।
२० औं र २१ सौं शताव्दीमा यस मिडल क्लासको निकै बढोत्तरी भयो, यिनीहरु पूर्णरुपमा न त मजदुर थिए न त मालिक तर उत्पादनका शंसाधनमा यिनीहरुको सहभागीत्व र सीपको बिशेष भूमिका हुन्थ्यो ।

१९ औं शताव्दीमा भनें वर्कर क्लास भर्थात मजदुरहरुको सख्याँ धेरै थियो भनें अहिले आएर मिडल क्लासको जनसंख्या विश्वभरि धेरै छ । पूँजिवादको नकारात्मक असरहरु पनि छ, जस्लाई निम्न प्रस्तुत गरेँ ,

१ मजदुरहरुको श्रम शोषण र जिवनस्तर दयानीय रहको , यसै कारणले स्लम एरियाको पनि बिस्तार हुँदै गयो ।
२ आम्दानीमा ठूलो खाडल र असमानता
३ बाल श्रम
४ जनसंख्या बृद्धि
५ अव्यबस्थित शहरीकरण
६ प्रदुषण

पूँजिवादले मिडल क्लासलाई केवल उपभोक्ता बनाएको पाइन्छ, यो निकै दुर्भाग्य पनि हो । चाहिने र नचाहिने कुराहरु सबैको धेरै उपभोग गर्ने बानी पारिएको हुन्छ र बिज्ञापनको चलनले हरेक वखत मान्छेलाई उपभोगको सोच दिइरहेको हुन्छ, यो कन्ज्यूमर ईकोनोमी हो । सुस्तरि ब्राण्डका कुराहरु आउन थाले र अत्याधिक उत्पादन र उपभोगको चलनले गर्दा पृथ्वीका शंसाधनमा धेरै दबाब पनि परे ।
सन् १७७६ मा वेल्थ अफ नेशन लेख्ने एडम स्मिथ र माग र पूर्तिको अवधारणा ल्याउने यि महान व्यक्तिलाई पूँजिवादका पिता मानिन्छ । त्यस्तै २० औं शताव्दीका अर्का अर्थविद जोन मेनार्ड केनेले राज्यको हस्तक्षेपका विषयमा कुरा गर्दा फिस्कल र मोनिटरी पोलसीको ब्याख्या गरेकाले यिनलाई पनि पूँजिवादका पिता मानिन्छ ।

अर्को श्रृखलामा समाजवाद र फेरि साम्यवाद लिएर आउनेछौं । आजलाई यति नै । केहि कुरा लागेमा हामीलाई कमेन्ट गर्नुहोला है ।

सुयोग ढकाल


Loading comments...