King Gyanendra

पूर्वराजा कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वदेशमा, होम क्वारेन्टाइनमा बस्ने


काठमाडौं। भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह होम क्वारेन्टाइनमा बस्ने भएका छन् । पूर्वराजा आज स्वदेश फर्किएका हुन् । उनी अब घरमै क्वारेन्टाइनमा बस्ने उनका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए ।

उनले नेपाल फर्किनुपूर्व कोरोना परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएपछि मात्रै स्वदेश फर्किएको पाठकले जानकारी दिए । भारतमा पछिल्लो समय कोरोनाको संक्रमण दर निकै उच्च छ । संक्रमण दर उच्च भएसँगै भारतमा पनि कुम्भ मेलाबाट फर्किनेहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् ।


Loading comments...