प्यालेस्टाइनी आमा र बच्चाको इज्रेली हमलामा बिभत्स हत्या


इज्रेल र प्यालेस्टाइनको गाँजा क्षेत्रमा महिनौं लामो शान्ति थियो तर त्यस मौनताले हिजो राती पूर्णविराम पायो । इज्रेली हवाई आक्रमणमा प्यालेस्टाइनी आमा र उन्को एक वर्षको छोरोको बिभत्स हत्या भयो, अहिले यो समाचार अन्तराष्ट्रिय समाचार माध्यममा निकै चर्चामा छ । ति आमा गर्भवती पनि रहेको खबर छ । यी महिला २२ वर्षिय ईमाद नसिर भएको गाँजा क्षेत्रको स्वास्थ मन्त्रालयले दिएको बिज्ञप्तीमा उल्लेख छ भनी अलजजिराले लेखेको छ । अरु १३ जना प्यालेस्टाइनीहरु गम्भीर घाइते भएको खबर छ ।

गाँजा क्षेत्रमा हमास समुहको कब्जा छ । हमासलाई ईस्लामीक जिहाद मुभमेन्टले सघाएको बताइन्छ, यि समुहले इज्रेली भूमिमा २०० भन्दा धेरै रकेट र लन्चर प्रहार गरेपछि उताबाट जवाफी कारवाही भएको बताइन्छ । इज्रेलसंग एन्टी ब्यालेस्टीक प्रविधि छ जस्ले आकाशमा आएको मिसाइल या रकेटलाई आकाशमा नै झारिदिन सक्दछ । तसर्थ इज्रेलतर्फ कुनै हताहतीको खबर छैन तथापि २ जना इज्रेली सैनिकको सामान्य चोटपटकको खबर भनें रहेको भनी रुइटरसले लेखेको छ ।

लाइभमाण्डु


Loading comments...