फिल्म अध्ययनका लागि खुल्यो नयाँ क्याम्पस


काठमाडौं । चलचित्र अध्ययनका लागि नेपालमा नयाँ क्याम्पस स्थापना भएको छ । चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि आईतबारबाट ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो । त्रिभुवन विश्व विधालयसँग सम्बन्धन प्राप्त गरी नेपाल फिल्म क्याम्पसमा यसै शैक्षिकसत्रबाट फिल्ममा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले बताए ।

काठमाडौंको बानेश्वरमा रहेको यो क्याम्पसका प्रसँगमा आईतबार पत्रकार भेटघाट आयोजना गर्दै प्रिन्सिपल उप्रेतीले कलेजले फिल्म अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विधार्थीहरुलाई समेत लक्षित गरेर यो क्याम्पस सञ्चालनमा ल्याएको बताए । यस अघि फिल्म अध्ययनका लागि नेपालमा एउटा मात्र कलेज भएकाले यसपटकबाट आफुहरुले पनि सुविधा सम्पन्न नेपाल फिल्म क्याम्पस सञ्चालनमा ल्याएको प्रिन्सिपल उप्रेतीले जानकारी गराए ।

प्रिन्सिपल शिशिर उप्रेती

दक्षिण एशियामै फिल्म अध्यापन सम्बन्धि कम कलेज भएको बेला आफुहरुले ती सबैलाई लक्षित गरेर फिल्म कलेज खोलेका उनले बताए । यो कलेजले चलचित्र लेखन÷निर्देशन, दृष्य सम्पादन, छायाँकन, अभिनय र ध्यनीसम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । अरु कलेज भन्दा शुल्क थोरै राखिएको र आफुहरुले केही विधार्थीहरुलाई स्कलर शिपको ब्यबस्था गर्ने पनि उनले बताए ।

प्रिन्सिपल उप्रेतीका अनुसार यो कलेजमा हलिउड, बलिउडसहित श्रीलङ्का, भुटान र नेपालका फिल्म विज्ञहरुले यी पाँच विषयमा पढाउने छन् । नियमित र भिजिटर टिचर गरेर ६० जनाको भन्दा ठुलो टिम रहेको पनि उनले बताए ।

अग्रज छायाँकन मञ्जुकुमार श्रेष्ठले अन्तराष्ट्रिय स्तरको फिल्म क्याम्पस नेपालमा स्थापना हुनु खुसीको खबर भएको बताए । यो क्याम्पसले सिनेमाका दक्ष व्यक्तिहरु नेपाली चलचित्र उधोगको लागि उत्पादन गर्ने विश्वास उनले व्यक्त गरे ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको यो कलेजले नेपाली चलचित्र उधोगको विकाशमा ठुलो टेवा पु¥याउने विश्वास आफुले लिएको बताए । सैद्धान्तिकसँगै प्राविधिक रुपमा दक्ष विधार्थी यो क्याम्पसले जन्माउने र त्यस्ता विधार्थीले राम्रो चलचित्र निर्माण गरेर अन्तराष्ट्रिय बजारमा पु¥याउने छ भने । क्याम्पसका लागि परेको सहयोग गर्न आफुहरु तयार रहेको पनि अध्यक्ष भट्टराईले बताए ।


Loading comments...